
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा जारी प्रथम शिवसताक्षी आधारभूत विद्यालय नगर स्तरीय फुटबल प्रतियोगिताको उपाधि भगवती माध्यमिक विद्यालयले हात पारेको छ ।
मोति माध्यमकि विद्यालयलाई ट्राइबेकरमा हराउँदै भगवती माविले उपाधि हात पारेको हो । निर्धारित समयमा १÷१ गोल भएपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो।
प्रतियोगिताको विजेता भगवती माविले नगद १५ हजार, उप विजेता मोती माविले नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उनीहरुलाई नगर प्रमुख मेगाहाङ्ग थोप्रा र वडाध्यक्ष सिकिन पाश्वानले ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए।
प्रतियोगिता वडा नं. ५ को आयोजनामा वडा नं. ४ बोलोचोक बजार पश्चिमकोे खेल मैदानमा २०८० मंसिर २८गतेबाट सञ्चालन भएको थियो । प्रतियोगितामा नगरका सामुदायिक तथा संस्थागत गरी ३० ओटा विद्यालयले सहभागिता जनाएका थिए ।