२०८१ माघ ६, आइतवार , ११:४५:५७ बजे

Sajhamanch
'

आदर्श साकोसको स्थापना दिवसः पूर्व सञ्चालक, कर्मचारीसहित ३५ जना सम्मानित

शुक्रवार, मंसिर २९, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. ९ दूधेमा सञ्चालित श्री आदर्श बचत तथा ऋण सहकारी संस्थाले १८ औं स्थापना दिवस मनाएको छ । दूधेको आफ्नो कार्यालयमा एक कार्यक्रमका बीच १८ औ स्थापना दिवस मनाएको हो ।

संस्थाले स्थापना दिवसको अवसर पारेर विभिन्न विधामा ३५ जनालाई सम्मान गरेको छ । संस्थाले पूर्व सञ्चालकको रुपमा जीवन गिरीलाई सम्मान गरेको छ । त्यस्तै संस्थाको बोलोक सेवा केन्द्रकी कर्मचारी कल्पना ताजपुरियालाई पनि संस्थाले सम्मान गरेको छ । उनीहरुलाई बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष तुलाराज न्यौपानेले सम्मान पत्र प्रदान गरेका थिए ।

त्यसैगरी साधारण बचत तर्फ गोमा जोसी, पवित्रा दंगाल, बाल बचत गीतादेवी पौडेल, दिप्सन बाँस्कोटा, नारी बचततर्फ तारादेवी रिजाल, रामकुमारी चम्लागाई, खुत्रुके बचत तर्फ मैनादेवी काफ्ले , अगम गिरीलाई सम्मान गरेको संस्थाका व्यवस्थापक प्रकाश पोख्रेलले जानकारी दिए । त्यसैगरी ज्येष्ठ नागरिकतर्फ जानुका नेपाल, गनपत राजवशंी, आवधिक बचत तर्फ, मनमाया लिम्बु र विष्णुप्रसाद अधिकारी, धितो ऋण तर्फ शान्तिकुमारी चौधरी, व्यवसायिक ऋण डम्बर खड्का र जानुका सेडाई, सावारी साधन ऋणमा नविन प्रसाद राजवंशीलाई संस्थाले सम्मान गरेको थियो ।

त्यसैगरी एकल महिला र ज्येष्ठ नागरिक सदस्यहरुलाई संस्थाले भत्ता प्रदान गरेको छ । एकल महिला तथा ज्येष्ठ नागरिकमा धनमाया खरेल, मेनुका घिमिरे, नरपति पाठक रामबहादुर तामाङ्ग लगायत २४ जनालाई भत्ता प्रदान गरेको व्यवस्थापक प्रकाश पोखरेलले जानकारी दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्रबहादुर थापाले वित्तीय संकट भएको बेला पनि संस्थाले प्रगति गरिरहेको जानकारी दिए । हामीले अघिल्लो साधारण सभा मै दुई ओटा सेवा केन्द्र सञ्चालनमा ल्याउने घोषणा गरेपनि हाल बोलोचोकमा एउटा सेवा केन्द्र सञ्चालमा ल्याइएको बताए । देशै भर वित्तीय संकट आउँदा अर्को सेवाकेन्द्र खोल्न सकेका छैनौ । उनले भने, वित्तीय संकट कम हुनासाथ अर्को सेवा केन्द्र खोल्नका लागि प्रकृया अगाडी बढाउछौं । २०६२ सालमा २५ जना सदस्यहरुको स्थापना भएको संस्था अनेकौ आरोह अवरोह पार गर्दै आज आईपुग्दा २ हजार ७६० सदस्यहरुलाई जोड्न सफल भएको अध्यक्ष थापाले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि तुलाराज न्यौपानेले विभिन्न समयमा सहकारीको ज्ञान नभएको व्यक्तिहरुले खोलेका केही सहकारीहरु वित्तीय संकटमा गई बिग्रिएको बताए । सहकारीका कुनै सदस्य वा सञ्चालकहरुसँग मोनमोटाब भएको अवस्थामा अर्को सहकारी खोली अध्यक्ष हुने परम्पराले अहिले त्यस्ता सहकारीहरु डुब्दै गएको उनको भनाई थियो । अब सहकारीहरु मर्च गरी संख्या घटाउनुको विकल्प नरहेको उनले बताए ।

कार्यक्रममा पूर्व सञ्चालक जीवन गिरी, ज्येष्ठ सदस्य नरपति पाठक, सेवारो बचत तथा ऋण सस्थाकी अध्यक्ष दुर्गादेवी मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष नीलकृष्ण खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालक व्यवस्थापक प्रकाश पोख्रेलले गरेका थिए ।

शुक्रवार, मंसिर २९, २०८० | सहकारी