२०८१ माघ ७, सोमवार , ०१:३२:४९ बजे

Sajhamanch
'

शिवसताक्षीमा आधारभूततह फुटबल प्रतियोगिताको उद्घाटन, भगवती, लक्ष्मी नारायण, त्रिभुवन र मोती मावि विजयी

बिहिवार, मंसिर २८, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा प्रथम शिवसताक्षी आधारभूत विद्यालय नगर स्तरीय फुटबल प्रतियोगिताको आज उद्घाटन गरिएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ४ बोलोचोक बजार पश्चिमकोे खेल मैदानमा उक्त प्रतियोगिताको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन् ।

उद्घाटन खेलमा भगवती माध्यमिक विद्यालय विजयी भएको छ । भानु मावि पाराबारीलाई १–० गोल अन्तरले हराउँदै भगवती मावि विजयी भएको हो ।

त्यस्तै आजै भएको दोस्रो खेलमा लक्ष्मी नारायण मावि विजयी भएको छ । ध्रवतारा आवशिया माविलाई २ –१ गोलअन्तरले हराउँदै लक्ष्मी नारायण मावि विजयी भएको आयोजक वडा नं. ५ को कार्यालयले जनाएको छ । त्यसै गरी आजै भएको तेस्रो खेलमा मोति माविलाई स्वत विजयी घोषित गरेको छ ।

लालपाली मावि खेलमा अनुपस्थित भएपछि नेट बल हानेर मोति माविलाई विजयी घोषित गरिएको वडाध्यक्ष सिकिन पाश्वानले जानकारी दिए । चौथो खेलकमा त्रिभुवन मावि विजयी भएको छ । कन्चजंघा बोर्डिङ्ग स्कुललाई ८–० को फराकिलो गोल अन्तरले त्रिभुवन मावि विजयी भएको हो ।

प्रतियोगिताको उद्घाटनमा बोल्दै नगर प्रमुख मेगाहाङ्ग थोप्राले यस प्रतियोगिताले नगर भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुलाई बढ्दो उमर सँग सँगै अनुशासित भएर खेल जीवनमा प्रवेश गराउने काम गर्ने बताए । आधारभूत तहका विद्यार्थीहरुले यस प्रतियोगिताट आफ्नो प्रतिभा चिन्ने र निखाता ल्याउने अवसर भएको र विद्यालयलाई खेलको विधाबाट चिनाउने बताए । नगरपालिकाले पनि अबका दिनमा स–साना भाईबहिनीहरुलाई खेलमा समावेश गर्ने गरी कार्यक्रमहरु ल्याउने उनको भनाई थियो ।

त्यस्तै कार्यक्रममा वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले नगरबाट भएको खेलहरु प्राय मावितह र त्यो भन्दा माथिका हुने गरेकाले आधारभूत तह बीच प्रतिश्पर्धा यो नगर मै पहिलो भएको बताए । वडा नं. ५ ले आधारभूत तह बीच प्रतिश्पर्धा गराएर स–साना भाईहरुको प्रतिभालाई प्रस्फुटन गर्ने मौका दिएको उनको भनाई थियो ।

उद्घाटन कार्यक्रममा शिक्षक महासंघ शिवसताक्षी अध्यक्ष बेनुप्रसाद कार्की, व्याप्सन शिवसताक्षी सचिव टंकप्रसाद बाँस्कोटा, प्राधाध्यापक कुञ्जीविहारी ताजपुरिया, नेकपा एमाले वडा नं. ४ का अध्यक्ष रामप्रसाद विमली, नेपाली कांग्रस महाधिवेशन प्रतिनिधि भक्तीप्रसाद सिटौलालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत महिला वडा सदस्य यसोदा विमलीले गरेकी थिइन् । कार्यक्रमा सूर्योदय आधारभूत विद्यालयका स्काउटर विद्यार्थीहरुले मार्च पास गरेका थिए ।

प्रतियोगितामा शिवसताक्षीका सामुदायिक तथा संस्थागत गरी ३० ओटा विद्यालयहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता टिमले नगद १५ हजार, उप विजेता टिमले नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक शिवसताक्षी नगरपालिका वडा नं. ५ को कार्यालयले जनाएको छ ।

बिहिवार, मंसिर २८, २०८० | खेलकुद

सम्बन्धित खबर