२०८१ माघ ६, आइतवार , ०८:४२:३८ बजे

Sajhamanch
'

पालिकाका कर्मचारीहरुलाई प्रातकालीन योग साधाना र दिवाकालीन क्षमता विकास तालिम

बुधवार, मंसिर २७, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगरपालिकामा कार्यरत कर्मचारीलाई क्षमता विकास तालिम दिन शुरु गरेको छ । नगरपालिकामा तल्लो तहमा कार्यरत कर्मचारीहरुलाई तीन दिवसीय क्षमता विकास तालिमको आज उद्घाटन गरिएको हो । तालिमको शिवसताक्षीको पर्यटकीय क्षेत्र दोमुखामा नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन् ।

तालिममा नगरपालिकामा कार्यसम्पादन गर्ने कर्मचारीहरुलाईको कार्य क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । उनले भने, तालिमले समय सापेक्ष कर्मचारीहरुलाई नयाँ प्रविधि सँग जोड्दै, कार्य सम्पादनमा चुस्त बनाउने र सेवा ग्राहीहरुलाई छिटो छरितो ढंगबाट सेवा दिने अपेक्षा गरेको छु ।

नगरपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि शिवसताक्षी नगरपालिका लागि परेको नगर उपप्रमुख नरमाया कार्कीले बताइन् । सिकाई कहिल्यै पुरा हुँदैन । उनले भनिन् कार्य क्षमताको विकास गर्न सकिएन भने, समयानुकल काम गर्न सकिदैन । आम नागरिकले सेवा दिन कर्मचारी सदैव इमान्दारी भएर लाग्नु पर्ने उनको भनाई थियो ।

शिवसताक्षी नगरपालिकाले अघिल्ला वर्षमा माथिल्लो तहका कर्मचारीहरुलाई मात्र तालिम दिएको प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले जानकारी दिए । उनका अनुसार अधिकृत तहका कर्मचारीहरुमा भन्दा तल्लो तहका कर्मचारीसँग सेवा ग्राहीहरु बढी सम्पर्क हुने भएकाले तल्लो तहका कर्मचारीहरुलाई तालिमको आजोजना गरिएको हो ।

तालिममा विहान ७ बजेबाट ९ बजेसम्म सहभागीहरुलाई योग साधाना गराइएको शिवसताक्षी नगरपालिका कार्यक्रम अधिकृत महेश लामिछानेले जानकारी दिए । योग साधानका लागि पातन्जल योग समिति नेपालकी केन्द्रिय सदस्य तथा योग प्रशिक्षक हेमन्ती गजुरेलले सहजीकरण गरेकी थिइन । विहान ९ बजेबाट १ दिउँसो बजेसम्म क्षमता विकास तालिमको सहजीकरण विजय तिम्सिना र सन्दिप निरौलाले गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय स्थल दोमुखामा तालिमको आयोजना गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

बुधवार, मंसिर २७, २०८० | समाज

सम्बन्धित खबर