२०८१ माघ ६, आइतवार , ०१:४८:३० बजे

Sajhamanch
'

बाला चतुदर्शीमा सताक्षीधाममा शतबीज छर्नेको भीड

सोमवार, मंसिर २५, २०८०

शिवसताक्षी । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा प्रत्येक वर्ष झै मार्गशीर्षकृष्ण चतुदर्शीका दिन मनाइने बाला चतुदर्शी पर्व सतबीज छरी मनाइएको छ ।

आइतबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्दै बालाचतुदर्शी पर्व मनाएका हुन् ।

सताक्षीधाममा बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन सताक्षीधाम आउने गर्छन । यसरी आएका श्रद्धालु भक्तजनको आइतबार बिहानैदेखि सताक्षीधाम क्षेत्रमा भीड लागेको थियो । बत्ती बाल्न सताक्षीधाम र भक्जनहरुको सुरक्षाका लागि आइतबार बिहानैदेखि सुरक्षाकर्र्मीहरु बाक्लो उपस्थिति थियो ।

भक्तनहरुले सताक्षीधामको शिरमा रहेको झरनासम्म र महादवको मन्दिर र अन्य मन्दिरहरुको वरपर सतबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छरेका थिए ।
बालाचतुर्दशीको अवसर पारेर गोलोक गोवद्र्धन गौशालाले गोरक्षा महोत्सव २०८० मंसिर २४ देखि पौष ५ गतेसम्म ११ दिवसीय स्कन्ध पुराणसमेत आयोजना गरेको छ । त्यसैगरी किरात धर्मावलम्बीहरुले तेमेनलुम किराँत माङहिममा पूजा अनुष्ठान सुरु गरेका छन् ।

त्यस्तै नेपाल रेडक्रस उपशाखा शिवसताक्षीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सताक्षीधाम परिसरमा सञ्चालन गरिएको थियो ।

सताक्षीधाममा आउने पर्यटक तथा भक्तजहरुलाई अघिल्लो वर्ष भन्दा यस वर्ष धेरै सहज भएको सताक्षीधाम धार्मिक पर्यटन विकास समितिका अध्यक्ष तुलाराम बोखिमले बताए । यस वर्ष सताक्षीधाममा आउनका लागि बाटो पूर्ण रुपमा कालो पत्रे भएको, सताक्षीधामको पुरानो मन्दिरलाई जिर्णउद्धार गरी राम्रो र चिटिक्क बनाइएको बताए । महादेवको मन्दिर दर्शन गर्ने स्थानलाई खुल्ला गरी धेरै सख्यामा भक्जनहरुले एक चोटी दर्शन गर्नका लागि व्यवस्था मिलाइएको समेत अध्यक्ष बोमिखले बताए । यस वर्ष हामीले भक्तजन तथा पर्यटकका लागि शौचालय समेत निर्माण गरेका थियो त्यसले पनि भक्जनहरुले सहज महशुष गर्नुभएको उनको भनाई थियो ।

४१ विगाह क्षेत्रफलमा फैलिएको सताक्षीधाममा विभिन्न देवि देवताहरूको सुन्दर मुर्ती, मठ–मन्दिरहरु रहेका छन । यहाँ द्वादश ज्योतिर्लिंङ (शिव मन्दिर), हनुमान, गणेश,पञ्चमुखी, गायत्री माताको आकर्षक मूर्ति लगायतका सस्थानहरुमा विहानै देखि भीडभाड देखिएको थियो ।

सोमवार, मंसिर २५, २०८० | समाज

सम्बन्धित खबर