शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ११ को कार्यालयले वडाका कृषकलाई हाइब्रेड जातको मकैको बीउ वितरण गरेको छ । वडाले ७५ प्रतिशत अनुदानमा कृषकलाई मकैको वीउ वितरण गरेको हो ।
वडा कार्यालयमा मकैको वीउ माग गरेका कृषकहरुलाई छनोट गरी २४८ जनालाई मकैको वीउ वितरण गरेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए । उनले एक केजी देखि ४ केजी सम्म गरी ३९६ केजी बीउ वितरण गरेको बताए ।
आइतबार १५२ जना कृषकलाई वितरण गरिएको छ भने विउ लिन नआएका कृषकलाई मंगलबार वितरण गरिने वडा नं. ११ को कार्यालयले जनाएको छ ।