२०८२ असार १, आइतवार , ०८:२८:०९ बजे

Sajhamanch
'

शिवसताक्षीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको समापन

शुक्रवार, मंसिर २२, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज समापन गरिएको छ । शिवसताक्षी नगरपालिकाले ३२ औं अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्ध कार्यक्रम अन्तर्गत झापाको जनता बजारमा एक कार्यक्रम गर्दै १६ दिने अभियानको समापन गरिएको हो ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले नगर गरेको कार्यक्रमहरुले समाजमा कति प्रभाव पार्दै छ । त्यसको पनि मुल्यांकन गर्नु पर्ने बताइन् । लैङ्गिक हिंसामा पुरुषले महिलालाई, महिलालाले पुरुषलाई, बालबालिका लागि गरी सबै प्रकारका हिंसाहरुलाई निरुत्साहित गर्र्दै लैंङिक हिंसा मुक्त समाज बनाउन सबै जुट्नु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा वडा नं. ४ वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा रहेको बताए । स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू रहेकाले यस्ता हिंसाहरुलाई निरुत्साहित गर्र्दै लैजानु नै हामी सबैको कर्तव्य रहेको उनको भनाई थियो ।

कार्यक्रममा श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले महिला हिंसा विरुद्ध नाटक प्रस्तुत गरेका थिए भने सूर्यदय आधारभूत विद्यालयका स्काउटर विद्यार्थीहरुले पनि प्रस्तुति देखाएका थिए । राष्ट्रिय रमणीयका शिक्षक तथा विद्यार्थीहरुको नाटक मन पराएर शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छवि ढकालले शिक्षक गोविन्द काफ्लेलाई तीन हजार पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा महिला स्वयमसेविका इन्दिरा भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए भने, कार्यपालिका सदस्य गोमा रिजालले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन कोपिला चम्लागाईले गरेकी थिइन् ।

शुक्रवार, मंसिर २२, २०८० | विविधा, समाज

सम्बन्धित खबर