२०८१ माघ ६, आइतवार , ०८:४२:३५ बजे

Sajhamanch
'

भारतको सिक्किममा मंगलबार स्विकारोक्ति दर्शन सम्बन्धि कार्यक्रम हुने

सोमवार, मंसिर १८, २०८०

झापा । स्वीकारोक्ति फाउन्डेसनले संचालन गरेको स्वीकारोक्ति विश्व यात्रा २०२३ अभियान अन्तर्गतको यात्रा भारतको सिक्किम पुगेकोे छ ।

‘अस्तित्वहरुको न्यायिक सम्बोधन’ भन्ने मुल बिचार बोकेर बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको स्वीकारोक्ति फाउन्डेसन अमेरीकाले सोमबार प्रेस क्वब अफ सिक्किमको सभा हलमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै स्वीकारोक्ति विश्व यात्रा २०२३ को बारेमा जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा सिक्किमको गेन्टोक स्थित होटल रामादा देउरालीमा भोलि दिउसो ३बजे हुने स्विकारोक्ति दर्शन सम्बन्धि एक दिवसीय अन्तरक्रिया, वृहत् साहित्यिक तथा सांङ्गीतिक कार्यक्रम हुने पत्रकार सम्मेलनमा जनाइएको छ।

स्वीकारोक्ति फाउन्डेसनको ११ औ बार्षिक उत्सवको अवसरमा आयोजना भएको यस विश्व यात्रा नेपालको झापा बेलडाँगीबाट सुरु भइ नेपालका विभिन्न शहरमा कार्यक्रम गर्दै भारतको दार्जिलिङ हुदै सिक्किम पुगेको हो । यो यात्रा भारतको गुहावटीसम्म पुग्ने छ, भने कार्यक्रमको समापन मंसिर २८ र २९ गते साहित्यीक तथा युवा शैक्षिक शिखर सम्मेलन आयोजना गरि काठमाडौँमा गरिने टोलीका सदस्य दिलिप घिमिरेले जानकारी दिए ।

पत्रकार सम्मेलनमा स्वीकारोक्ति फाउन्डेसन अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङले स्वीकारोक्ति फाउन्डेसन अस्तित्वहरुको न्यायिक सम्बोधन भन्ने मूल विचार र मान्यता बोकेर विगत एघार वर्षदेखि निरन्तर अस्तित्वहरूको न्यायिक सम्बोधन र मानव चेतना अभिवृद्धिको निम्ति सञ्चालित एक गैरराजनीतिक, गैरधार्मिक, गैरनाफामुखी, संस्था भएको बताए । स्वीकारोक्ति फाउन्डेसन र स्वीकारोक्ति अभियानको यो एघारौं वार्षिकोत्सवको उपलक्ष्यमा खुसी, शान्ति र सदभाव फैलाउने विशेष उद्देश्यकासाथ स्वीकारोक्ति विश्व यात्रा २०२३ आयोजना गरिएको उनको भनाई थियो ।

यस विश्व यात्राको दौरान नेपाली साहित्यका एक मुर्धन्य व्यक्तित्व लीलबहादुर क्षेत्रीलाई ६ लाख नगद राशिसहित सम्मान गरि स्वीकारोक्ति सिद्धि पुरस्कार हस्तान्तरण गरिने बताइएको छ । कतै बृक्षारोपण, कतै अनुदान तथा कतै अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गर्दै यात्रा अघि बढिरहेको बताइएको छ । यात्रा नेपाल र भारतको विभिन्न स्थानहरुमा स्वीकारोक्ति दर्शन सम्बन्धि कार्यक्रमहरु सहित सम्पन्न हुने छ। साथै अन्य वर्षहरूमा अन्य देशहरूमा सो यात्रा जारी रहने विज्ञप्तिमा उल्लेख छ। स्वीकारोक्ति विश्व यात्रा २०२३ को यो यात्रामा वातवरण संरक्षण तथा शान्तिको सन्देश प्रवाह गर्न करिब एकसय भन्दा बढी साइकल यात्रीद्वारा काठमाडौंको विभिन्न स्थानहरुमा परिक्रमा गरि सम्पन्न गरिएको छ। फाउन्डेसनले काठमाडौंको सडक पेटिमा भोकै सुतेका करिव एक सय तीस जना असहाय मानिसहरूलाई खाना समेत वितरण गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो थियो ।

नेपालको झापा, मोरङ, सुनसरी, इलाम लगायतका विभिन्न स्थानमा सम्पन्न गरि भारतको आसाम राज्यको गुवाहाटी, सिक्किमको गेन्टोक र दार्जीलिङको सिलिगुडीमा कार्यक्रम सम्पन्न गरेर पुनः काठमाडौँमा २०८० मंसिर २८र२९ गते दुई दिवसीय साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलन पश्चात यात्राको समापन हुने छ । काठमाडौँमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा दुई दिवसीय कार्यक्रम आयोजना गरिने छ । अन्य स्थानहरूमा हुने कार्यक्रमहरूमा कतै वृक्ष रोपण गरिने, कतै अनुदान, बहस, विद्यार्थीहरूसँग छलफल र कार्यशाला हुने गुरुङले पत्रकारहरुमा जानकारी दिए ।

पत्रकार सम्मेलनमा स्विकारोक्ति दर्शनका प्रवर्तक डेन्जम साम्पाङले स्वीकारोक्ति भनेको के हो? स्विकारोक्ति भाव मानव जीवनमा किन आवश्यक छ ? लगायतका पत्रकारहरुको प्रश्नको जवाफ दिएर प्रष्ट पार्नुभएको थियो । पत्रकार सम्मेलनमा सिक्किमकी वरिष्ठ साहित्यकार प्राडा कविता लामा,स्विकारोक्ति फाउन्डेसनका अभियान्ताहरु पातलो अन्तरे,शेखर कोईराला,दियालो शुसन माझी ,नेत्र आचार्य ,अर्जुन उप्रेती ,शिला उप्रेती ,गजलकार विवश बलिभद्र कोईराला र सिक्किमका कार्यक्रम संयोजक डा मनोज राई लगायतको उपस्तिथि रहेको थियो ।

सोमवार, मंसिर १८, २०८० | समाज

सम्बन्धित खबर