शिवसताक्षी । झापाको झिलझिललेमा विगत केही दिन देखि बस्दै आएकी वेवारिसे महिलालाई शिवसताक्षी नगरपालिकाले उद्धार गरी माया घर नेपालमा पठाएको छ ।
झिलझिलेमा रहेकी नाम बतन नखुलेकी बोल्न नसक्ने महिलालाई आज शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले नगरको गाडीमा इटहरी स्थित माया घर नेपालमा पठाएकी हुन् ।
उक्त महिला झिलझिले बजारमा रहेको मासु पसलमा आड लागेर केही देखि बस्दै आएकी थिइन् । महिलाको झोलामा सारी लगायतका लत्ता कपडा रहेको उपप्रमुख कार्कीले जानकारी दिइन् ।
सुस्त मनस्थिति, बेवारिसे महिला, मानसिक असन्तुलन भएको महिलाहरुलाई लालन पालन, औषधि उपाचर गर्दै आएको माया घर नेपालमा उक्त महिलालाई पठाएको उनले बताइन् ।
यस अघि पनि शिवसताक्षीबाट बेवारिसे र मानसिक रुपमा विचलन भएका महिलाहरुलाई मायाघर पठाइएको र उनीहरुको स्वास्थ्य सुधार भई घर फर्किएको पनि उपप्रमुख कार्कीले बताइन् ।