२०८१ माघ ६, आइतवार , ०३:४५:३२ बजे

Sajhamanch
'

दूधे आयुर्वेद औषधालयद्वारा वडा नं. ४ का एक सय ज्येष्ठ नागरिकलाई निशुल्क औषधि वितरण

आइतवार, मंसिर १७, २०८०

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको दूधे आयुर्वेद औषधालयले शिवसताक्षी ४ का ज्येष्ठ नागरिकहरुलाई रसायन जन्य औषधिहरु वितरण गरेको छ । आज शिवसताक्षी ४ को कार्यालयमा एक ज्येष्ठ नागरिक प्रवद्र्धन कार्यक्रम अन्तरगत एक सय जना ज्येष्ठ नागरिकहरुलाई रसायनजन्य औषधि निशुल्क वितरण गरेको हो ।

विहान बेलुकी चिसो बढेसँगै विभिन्न रोगहरुबाट पीडित ज्येष्ठ नागरिकहरुको स्वास्थ्यलाई मध्य नजर गरेर चूर्ण, अश्वगन्धा चूर्ण, आमलकी चूर्ण, च्यवनप्रस, अमृत चिया आदी वितरण गरिएको दूधे आयुर्वेद औषधालयले जनाएको छ ।

हाल महामारीको रुपमा फैलदै गईरहेका नसर्ने रोगहरुले हरेक घरका सदस्यहरु प्रभावित भई सुगर, प्रेसर, मृगौला रोगी, कलेजो रोगी, थाईराईड, क्यान्सर, पायल्स, दम, वाथ जस्ता रोगहरु डरलाग्दो रुपमा देखिन थालेकाले दुधे आयुर्वेद औषधालयका निरिक्षक तथा कविराज राजेन्द्र पोख्रलले बताए । उनले यस्ता किसिमका रोगहरुलाई बेलैमा रोकथाम नगरे विकराल रुप लिने कुरा सचेत गराउँदै कार्यक्रममा दुधे आयुर्बेद औषधालयले ज्येष्ठ नागरिकहरुको सुगर, प्रेसर तथा शारीरिक परिक्षण गरिएको जानकारी दिए ।

दुधे आयुर्वेद औषधालयले अघिल्लो बर्ष पनि ज्येष्ठ नागरिक प्रवद्र्धन कार्यक्रम नगरपालिका वडा नं. ३ मा संचालन गरिएको र आगामी आगामी दिनमा क्रमशः अन्य वडाहरुमा पनि कार्यक्रम सञ्चालन गरिने निरिक्षक तथा कविराज पोख्रलले जानकारी दिए । उमेर ढल्कदै जाँदा ज्येष्ठ नागरिकहरुको शरिरका सबै अंगहरुको कार्य क्षमतामा कमी आइ शरीर कमजोर हुने, मानसिक समस्याहरु देखापर्ने , रोग संग लडने क्षमता कमजोर भई विभिन्न रोगहरुले चाँडै संक्रमण गर्ने जस्ता समस्याहरु देखिने उनको भनाई थियो । उनले ज्येष्ठ नागरिकहरुका समस्याहरुलाई न्यूनिकरणको लागी रसायनजन्य औषधीहरुको दैनिक सेवन गर्न आवश्य रहेकोले आफ्नो स्वास्थ्य प्रति सचेत रहन मेरो स्वास्थ्य मेरो जिम्मेवारी बोध गराउने र परिवार, समाज, वडा हुदै सम्पूर्ण नगरवासीहरुलाई स्वस्थ जीवनशैली यापन गर्ने अवस्थाको चेतना फैलाउने यस कार्यक्रमको लक्ष रहेको कुरा दुधे आयुर्बेद औषधालय प्रमुख कविराज निरिक्षक राजेन्द्र पोख्रेलले बताए ।

वडा नं. ४ मा एक दिन संचालन भएको कार्यक्रममा कविराज निरिक्षक राजेन्द्र पोख्रेल, बैध निरिक्षक विष्णु घिमिरेले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरेका थिए भने दुधे आयुर्वैदको ल्याव असिस्टेष्टद्वारा ६० जनाको सुगर जाँच गरिएको थियो ।
वडा नं.४ का वडाध्यक्ष विष्णु प्रसाद प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत बहादुर राईको प्रमुख अतित्यता रहेको थियो साथै वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

आइतवार, मंसिर १७, २०८० | समाज

सम्बन्धित खबर