शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ११ दुधे स्थित श्री राष्ट्रिय आदर्श माध्यमिक विद्यालयकी छात्रा सृष्टी विष्टले अग्नी पिडित छात्र र छात्रालाई विद्यालय पोशाक प्रदान गर्दै आफ्नो जन्म दिन मनाइएकी छिन् ।
सोही विद्यालयमा कक्षा ५ मा अध्ययरत आयुष दर्जी र उनकी बहिनी कक्षा ३ मा अध्ययनरत आषिका दर्जीको घरमा आगलागी हुँदा खाद्यन्य लगायत सबै लत्ता कपडा डढेर नष्ट भएको थियो । उनीहरु विद्यालय पोशाक नलाई विद्यालय आएको देखेपछि सामाजिक अभियान्ता दाताराम विष्टकी छोरी कक्षा ७ मा अध्ययरत सृष्टीले जन्म दिन मनाउन लाग्ने खर्चले आयुष र आयुषालाई विद्यालय पोशाक किनिदिएर मनाउने निधो गरिन । आज विद्यालयमो उक्त पोशाक दुवै जनालाई हस्तान्तरण गरेकी हुन् ।
छोरीले आफ्नो जन्म दिन अग्नी पीडित छात्रलाई विद्यालय पोशाक किदिने भनेपछि बुबा दाताराम विष्टले उक्त पोशाक व्यवस्थापन गरिदिएका थिए । छोरीको कुरा सुनेर एकछिन त म छक्क परे । उनले भने, छोरी सानै छिन जस्तो लागेको थियो तर ठुली भईसकिछन् । जन्म दिन मनाउन लाग्ने खर्चलाई सृजात्मक काम लगाउने कुरा गरेपछि मैले विद्यालय पोशाकको व्यवस्थापन गरिदिएको हो ।
शिवसताक्षी ११ निवासी दलाङ दर्जीको घरमा गएको ६ गते विद्युत सट भई आगलागी भएको थियो । स्थानीय खड्ग अधिकारीको ट्याक्टर चालकको रुपमा काम गर्दै आएका दर्जीले घर आगलागी भई सबै सामान डढेर नष्ट भएको जानकारी दिए ।
यसै बीच अग्नी पीडित छात्र आयुष र आयुषा दर्जीलाई देउसी भैलोबाट सङ्कलित रकमबाट हाउस ड्रेस पनि प्रदान गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी शिवसताक्षीले अग्नी पीडित छात्रलाई विद्यालय पोशकका कारण नै अध्ययनमा समस्या देखेपछि देउसी भैलोबाट संकलित रकमबाट हाउस डे«स प्रदान गरी सहयोग गरिएको जनाएको छ ।