२०८१ पौष १७, बुधवार , १०:५३:०३ बजे

Sajhamanch
'

समाजसेवी युवा क्लबद्वारा मिनी मेलाको हिसाब किताब सार्वजनिक, मेलामा उठेको रकम विपन्न परिवारका विद्यार्थीलाई खर्च गरिने

शनिवार, मंसिर ९, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिका झिलझिलेमा रहेको समाजसेवी युवा क्लबले प्रथम समाजसेवी साँस्कृतिक तथा सांगीतिक मिनी मेलाको हिसाब किताब सार्वजनिक गरेको छ ।

आज शिवसताक्षीको झिलझिलेमा पत्रकार सम्मेलन गरी गएको कार्तिक ४ गतेदेखि मंसिर ३ गतेसम्म लगाइएको मिनी मेलाको हिसाब किताव सार्वजनिक गरेको हो ।

समाजसेवी युवा क्लबले मिनी मेलाबाट १५ लाख ५९ हजार आम्दानी र ११ लाख ६२ हजार खर्चको हिसाब सावर्जनिक गरेको हो । जसमा ३ लाख ४३ हजार ९ सय रकम बचत भएको समाज सेवी युवा क्लबका अध्यक्ष मिलन लिम्बुले जानकारी दिए ।

समाज सेवी युवा क्लबले बचत रकमबाट १ लाख रकम क्लबको कोषमा जम्मा गरी त्यसलाई क्लब सञ्चालनमा खर्च गरिने र बाँकी रकम शिवसताक्षीका ४ ओटा विद्यालयका विपन्न परिवारका विद्यार्थीहरुमा खर्च गरिने पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

शिवसताक्षीको झिलझिले माध्यमिक विद्यालयलाई ५० हजार, अरुणोदय प्राथमिक विद्यालयलाई २५ हजार, सरस्वती प्राथमिक विद्यालयलाई २५ हजार, मैनाचरी प्राथमिक विद्यालयलाई २५ हजार गरी वितरण गरिने क्लबका सचिव नरबहादुर लिम्बुले बताए । त्यसैगरी अन्य सामुदायिक विद्यालयहरुका विपन्न परिवारका विद्यार्थीलाई ३० हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिने सचिव नरबहादुरले जानकारी दिए ।

त्यसै गरी युवा क्बले विपन्न परिवारका विरामीहरुलाई समेत उपचार गरिदिने जनाएको छ । मेलाको खर्च कटाई बचेको रकमबाट स्थानीय युवा क्लबलाई खेलकुद सामाग्रीका लागि २० हजार र झिलझिले भेट्रान क्बललाई १० हजार सहयोग गर्ने समेत अध्यक्ष मिलन लिम्बुले जानकारी दिए ।

समाजसेवी युवा क्लबले दशंै तिहारको अवसरमा पारेर कार्तिक ४ गतेदेखि मंसिर ३ गतेसम्म झिलझिले बजारमा मिनी मेला सञ्चालन गरेको थियो ।

पत्रकार सम्मेलनमा मेला संयोजक प्रताप खापुङ र क्लबका सल्लाहकार संयोजक राजु त्रिखत्रीले मिनी मेलाको समिक्षा गरेका थिए ।

शनिवार, मंसिर ९, २०८० | समाज

सम्बन्धित खबर