२०८१ पौष १७, बुधवार , १२:०७:२० बजे

Sajhamanch
'

स्विकारोक्ति फाउन्डेसनको स्विकारोक्ति विश्व शान्ति यात्रा झापाको बेलडाँगीबाट सुरु गर्ने

शुक्रवार, मंसिर ८, २०८०

झापा । स्विकारोक्ति फाउन्डेसनले स्विकारोक्ति विश्व शान्ति यात्रा २०२३ को यात्रा सुरु गरिने भएको छ ।

काठमाण्डौको प्रज्ञा प्रतिष्ठानको सभा हलमा पत्रकार सम्मेलन गरि यात्रा टोली  भोलि झापा आइपुग्ने  र   नेपालका लागि औपचारिक रुपमा झापाको बेलडाँगी क्यामबाट विश्व शान्ति यात्रा सुरु गरिने टोलीका सदस्य दिलिप घिमिरेले जानकारी दिए।

पत्रकार सम्मेलनमा स्विकारोक्ति फाउन्डेसन अन्तर्राष्ट्रिय सम्पर्क ,समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङले अस्तित्वहरुको न्यायिक सम्बोधनू भन्ने मूल विचार र मान्यता बोकेर बिगत एघार वर्षदेखि निरन्तर अस्तित्वहरूको  न्यायिक सम्बोधन र मानव चेतना अभिवृद्धिको निम्ति संचालित एक गैरराजनीतिक, गैर्धर्मिक, गैर नाफामुखी, संस्था भएको बताए । स्वीकारोक्ति फाउन्डेसन र स्वीकारोक्ति अभियानको यो एघारौं वार्षिकोत्सवको उपलक्ष्यमा खुसी, शान्ति र सत्भाव फैलाउने विशेष उद्देश्यका साथ स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३ू यस संस्थाद्वारा आयोजना गरिएको उनको भनाई थियो ।

यात्रामा नेपाल र भारतको विभिन्न स्थानहरुमा स्वीकारोक्ति दर्शन सम्बन्धि कार्यक्रमहरु सहित सम्पन्न हुने साथै अन्य वर्षहरूमा अन्य देशहरूमा सो यात्रा जारी रहने विज्ञप्तिमा उल्लेख गरिएको छ।

स्वीकारोक्ति विश्व शान्ति यात्रा ( २०२३ को यो यात्रामा आज बिहान वातवरण संरक्षण तथा शान्तिको सन्देस प्रवाह गर्न करिब एक सयभन्दा बढी साइकल यात्रीद्वारा काठमाडौंको पूर्वनिर्धारित स्थानहरुमा परिक्रमा गरि सम्पन्न गरिएको छ।हिजो बेलुका सडक पेटिमा भोकै सुतेका करिब एक सय तीस जना असाहाय मानिसहरूलाई प्रदिप घिमिरेको सहयोगमा खाना समेत वितरण गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो थियो ।

झापा, सुनसरी, मोरङ,इलाम आदि नेपालका विभिन्न स्थान हुदै भारतको आसाम राज्यको गुहाटी, सिक्किमको गेन्टोक र दार्जीलिङको सिलिगुरीमा कार्यक्रम सम्पन्न गरेर पुनः का ठमाडौँमा २०८० मंसिर २८र२९ गते दुई दिवसीय साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलन पश्चात यात्राको समापन हुने छ ।

भारतको आसमका शिखर पुरुष लीलबहादुर क्षेत्रीलाई नेपाली रासी छ लाख रहने स्वीकारोक्ति सिध्दि पुरस्कारू हस्तान्तरण गर्ने कार्यक्रम रहेको र काठमाडौँमा हुने दुई दिवसीय कार्यक्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिने र अन्य स्थानहरूमा हुने कार्यक्रमहरूमा कतै वृक्ष रोपण गरिने छ भने कतै अनुदान, बहस, द्यार्थीहरूसँग छलफल र कार्यशाला हुने गुरुङले पत्रकारहरुमा जानकारी दिए।

कार्यक्रमका सभापति तथा स्विकारोक्ति दर्शनका प्रवर्तक डेन्जोम साम्पाङ राईले स्विकारोक्ति महाअभियान भनेको के हो रुस्विकारोक्ति भाव मानव जीवनमा किन आवश्यक छ रुआदि बिषयका साथै पत्रकारहरुको प्रश्नको उत्तर दिएर प्रष्ट पारेका थिए।

कार्यक्रममा बरिष्ठ समालोचक प्रध्यापक डाक्टर गोविन्दराज भट्टराई ,वर्तमान समयका शक्तिशाली कवि विप्लव प्रतीक ,काठमाडौं प्यापसनका अध्यक्ष प्रेम राई परिक्षित,अमीर मसाल र प्रा।डा।गोविन्द रिजालले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन पातलो अन्तरेले गरेका थिए।

शुक्रवार, मंसिर ८, २०८० | समाज

सम्बन्धित खबर