२०८१ माघ ७, सोमवार , ०३:०९:०१ बजे

Sajhamanch
'

एनएमसीको दुधे र शिवगञ्ज क्षेत्रमा ३१ औं वार्षिक साधारण सभा सम्पन्न, तेह्र अर्व माथिको वासलात सार्वजनिक

बिहिवार, मंसिर ७, २०८०

शिवसताक्षी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को ३१औं वार्षिक साधारणसभा शिवसताक्षीको दूधेमा सम्पन्न गरेको छ ।

विहीबार कनकाई, रतुवा क्षेत्र (क) अन्तर्गतका दूधे, शिवगञ्ज, शर्णामति, झापा बजार, सुरुङ्गा, दुर्गापुर, लक्ष्मीपुर, घैलाडुब्बा, गौरीगञ्ज गरी नौ वटा सेवाकेन्द्रमा आज एक साथ उप इकाईगत साधारण सभा सम्पन्न भएको हो ।

 इकागत साधारण सभा गर्ने क्रममा एनएमसीले शिवसताक्षीको दूधेमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
दूधे सेवा केन्द्रको साधारण सभा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् ।

साधारणसभामा संस्थाका सचिव विकासप्रसाद उप्रेतीले सञ्चालक समितिको तर्फबाट तयार गरिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले वित्तीय कारोबार गर्ने एनएमसीका ५८ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको संस्थामा गत असार मसान्तमा एक अर्ब ४० करोड ५ लाख १८ हजार ६०० रुपैयाँ शेयर पुँजी रुपैयाँ रहेको जानकारी दिए ।

यस्तै संस्थागत पुँजी ८१ करोड २३ लाख २६ हजार २० रुपैयाँ, ९ अर्ब ३८ करोड ३० लाख २९ हजार ६८५ रुपैयाँ निक्षेप मौज्दात गरी सदस्यहरु माझ १० अर्ब ६३ करोड ३८ लाख २९ हजार ३१८ रुपैयाँ कर्जा लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । हाल संस्थाका ५ वटै व्यवसायमा गरी कूल एक हजार १४४ जना कर्मचारी कार्यरत रहेको सदस्य उप्रेतीले जानकारी दिए।

सदस्य उप्रेती प्रतिवेदन प्रस्तुत गर्दै भने, ‘आर्थिक वर्ष २०७९÷०८० को असार मसान्तमा ४४ करोड ७० लाख २८ हजार ८६७ रुपैयाँ बाह्य कर्जा रहेको छ भने समीक्षा वर्षमा भाखा नाघेको कर्जाको प्रतिशत ३ दशमलव ५८ प्रतिशतमा सिमित गर्न सफल भएको छ । समीक्षा वर्षमा संस्थाको खुद नाफा २३ करोड २५ लाख ८७ हजार ३३९ रुपैयाँ रहेको र उक्त मुनाफामध्ये शेयर लाभांश कोषमा जम्मा हुन आएको रकम ९ करोड ४० लाख ४५ हजार ४ रुपैयाँ र संरक्षित पूँजी फिर्ता कोषमा आएको ४ करोड ५० लाख ८३ हजार ८९४ रुपैयाँ नियमानुसार सदस्यहरुमाझ वितरण गरिनेछ । त्यस्तै सहकारीले आ.व. २०७९÷ ०८० मा १३ अर्व २ करोड, ८ लाख १६ हजार ४४१ वासलत रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले पछिल्लो समय वित्तीय कारोबार गर्ने संस्थाहरु धारासायी बन्दै गएका बेला एनमसी मुलुकै दोस्रो स्थानमा अबब्ल सावित गरेकोमा शुभकामना व्यक्त गरेका थिए ।
हाम्रै क्षेत्रमा कतिपय संस्थाहरु उठ्नै नसक्ने अवस्थामा पुगेर सहकारीका सञ्चालकहरु फरार भएको यदा कता देखिन थालेको छ । शिवसताक्षी नगरपालिकामा सहकारीले रकम फिर्ता नदिएको भन्दै निवदेन आउन थालेको नगरप्रमुख थोप्राले जानकारी दिए । फरार सञ्चालक समितिबाट सञ्चालक समितिबाट रकम असुल उपर गर्ने ठोस नीति नभएका कारण अहिले पालिका निकै अठ्यारोमा परेको उनको भनाई थियो । यसका बाजुत पनि एनएमसी सहकारीले आफ्ना सदस्यहरुको मन जित्त सफल भएको नगरप्रमुख थोप्राले बताए ।

उक्त साधारणसभामा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र वार्षिक नीति तथा कार्यक्रम कनकाई रतुवा क्षेत्रका प्रमुख कमल कट्टेलले गरेका थिए ।

संस्थाका दुधे सेवा केन्द्रका संयोजक प्रेमप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सेवा केन्द्र उपसमिति सदस्य चन्द्रादेवी कडरिया र कार्यक्रमको सञ्चालन दुधे सेवा केन्द्र प्रमुख भक्तीप्रसाद भण्डारीले गरेका थिए ।

यसैबीच नेपाल बहुदेश्य सहकारी संस्था शिवगञ्ज सेवाकेन्द्रले पनि वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नगरमाया कार्कीको प्रमुख आतिथ्यमा उक्त साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन संस्थाकी वरिष्ठ उपाध्यक्ष भगवती घिमिरेले, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र नीति तथा कार्यक्रम क्षेत्रीय प्रमुुख हरिमाया ओझाले प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की, शिवसताक्षी नगरपालिका वडाध्यक्षहरु विष्णुप्रसाद प्रसाई, सिकिन पाश्वन र मनोज खुलाल कार्की लगायतको उपस्थिति रहेको थियो ।

बिहिवार, मंसिर ७, २०८० | सहकारी