२०८१ पौष २६, शुक्रवार , ०९:३४:४० बजे

Sajhamanch
'

शिवसताक्षी नगरपालिका कार्यालयमा गरियो लक्ष्मीको पुजा आराधाना सहित दीपावली

आइतवार, कार्तिक २६, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगरपालिका कार्यालयमा धनधान्यकी देवी लक्ष्मीको पुजा आराधाना सहित दीपावली गरिएको छ ।

आज बेलुकी नगर पालिकाका कार्यालयमा नगर उपप्रमुख सहितको टोलीले लक्ष्मी पुजा गरेको हो । पुजा पश्चात नगर बासीमा सुख, शान्ती, सम्बृद्धिको कामना गरिएको शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले बताए । नगर उपप्रमुख नगरमाया कार्की कर्मचारीहरुलाई शुभ आर्शिवाद सहित टिका लगाइ दिएकी थिइन् ।

नगरपालिका कार्यालय अगाडी रंगोली बनाएर पुजा समेत गरिएको थियो । लक्ष्मी पूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । तिथि अनुसार कार्तिक कृष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ ।

नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्त्वपूर्ण रातहरू मध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ। लक्ष्मी धनकी देवीलाई भनिन्छ ।

आइतवार, कार्तिक २६, २०८० | विविधा, समाज

सम्बन्धित खबर