सुरुङ्गा । अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गानाले झापाको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि आफ्नो नेतृत्व लागिपर्ने बताएका छन् ।
हालै बिर्तामोडमा सम्पन्न समाजको चौथो अधिवेशनबाट निर्वाचित भएपछि सुरुङ्गामा रोटरी क्लव अफ सुरुङ्गाद्धारा आयोजित शुभकामना भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष ढुङ्गानाले समाजले यसअघि समेत १ करोडकै अक्षयकोषको स्थापना गरेर हरेक बर्ष झापाका सामुदायिक विद्यालयका कक्षा १ देखि १२ सम्म ८० जना विद्यार्थीलाई निशुल्क छात्रवृत्ति दिएर अध्यापन गराईरहेको जानकारी दिए । आवश्यक परेको खण्डमा थप विद्यार्थीहरुलाई समेत अध्यापन गराउँने र ती विद्यार्थीको अध्यान राम्रो भएको खण्डमा उच्च तहसम्मको समेत अध्यापनको व्यावस्था मिलाइने बताए ।
स्वास्थ्यका लागि कनकाई नगर अस्पताल वा अन्य क्षेत्रमा डाइलेसिस मेशिन लगायातका काम गर्नका लागि साझेदारीमा सकिने भन्दै अमेरिकामा बस्नुहुने डाक्टर चिकित्सकहरुको टिम अमेरिकन मेडिकल एसोसिएशन समेतसग सहकार्यका लागि समेत अन्तराष्ट्रिय झापाली समाजले पहल गर्ने बताए । ढुङ्गानाले झापाका विद्यालय र क्षेत्रमा शिक्षासग सम्वन्धित लाईब्रेरीको स्थापना, शववाहन खरिद लगायातका क्षेत्रमा काम गर्न इच्छुक रहेको बताउँनुभयो । यसैगरि झापाको कनकाई नगरपालिका २ स्थित धनुषकोटीधाम पिकनिक स्पोर्टमा महिला सौचालयको अभावमा महिला दिदीबहिनीहरुका लागि समस्या भएको भन्दै त्यहाँ सयुक्त लगानीमा सौचालय निर्माण थाल्नका लागि आफुले पहल गर्ने समेत बताए ।
यता अन्तराष्ट्रिय झापाली समाजको पदको सपथ ग्रहण लिदै ढुङ्गानाले झापामा लगानी भित्राउने र झापालाई समुन्नत झापा बनाउँने रोजगारीको सृजना गर्नका लागि पहल थालिने समेत बताए । लगानीको क्षेत्र सुनिश्चित गर्ने र झापाबाट विदेशमा गएर रोजगारी लगायातका क्षेत्रमा काम गर्ने झापालीलाई संगठित लगायातका कामहरु थाल्ने अभियान संचालन गरिने बताए।
यता नवनिर्वाचित अन्तराष्ट्रिय झापाली समाजले झापाका क्षेत्रमा के कस्ता कामहरु गर्न सकिन्छ भन्नेवारेमा अन्र्तक्रिया कार्यक्रम समेतको आयोजना गरिएको छ । कार्यक्रममा कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल, अन्तराष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष दिनेश पोखरेल, रोटरी क्लव सुरुङ्गाका संस्थापक अध्यक्ष एलपी उप्रेती, जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्रका अध्यक्ष ख्याम सिटौला, कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली, सुरुङ्गा जेसिजका अध्यक्ष प्रविन तिम्सिना, नेपाल भारत मैत्री संघ कनकाईका अध्यक्ष अर्जुन बोहोरा, युवा व्यावसायी कमल कट्टेल, शिक्षासेवी अखिल कोइराला, टिका जम्मर कट्टेल, ख्याम प्रसाई लगायातले झापाको कनकाई नगरपालिका देशमै बन्द निषेधित नगरि भएकोले यस्ता स्थानहरुमा अन्तराष्ट्रिय झापाली समाजका व्यावसायीहरुले उद्योगधन्दा संञ्चालन गरि रोजगारीको अवशर श्रृजना गरिदिन आग्रह गरे । यता अन्तराष्ट्रिय झापाली समाजका महासचिव नविन पोखरेलले समाजले हालसम्म गरेका कामहरुका वारेमा प्रकाश पारेका थिए । कार्यक्रमको संञ्चालन रोटरी क्लव सुरुङ्गाकी सचिव विनिता मैनालीले गरेकी थिइन् भने अध्यक्षता रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष शिव कडेँलले गरेका थिए ।