कमल । सडकबाट निस्किएको धूलोका कारण हैरान भएर स्थानीय वासीले पाडाजुँगी गौरादह सडक बन्द गराएका छन् ।
पाडाजुँगी चौक देखी प्रादेशिक आयुर्वेदिक अस्पताल सम्म ३.५ किलोमिटर सडक निर्माण गर्ने क्रममा ठेकेदारले बिचमा निर्माण कार्य रोके पछि बाटोको धुलोका कारण स्थानीयले बाटो बन्द गराएका हुन् ।
निस्किएको धुलोका कारण बुढाबुढी, विद्यार्थी लगायत सडक वरपरका बासिन्दाको स्वास्थ्यमा गम्भिर असर परेको भन्दै स्थानीय बासीले सडक बन्द गराएको कमल गाउँपालिकाका नि वर्तमान उपाध्यक्ष बेनु सिवाकोटीले जानकारी दिए ।
गएको आर्थिक वर्षको अन्त्यमा नै सडकको निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने थियो तर रकम अभाव भन्दै ठेकेदारले काम छोडेका कारण अहिले सडकबाट निस्किएको धूलोका कारण स्थानीय वासी हैरान भएर सडक बन्द गर्नु पर्ने बाध्यता भएको सिवाकोटीले बताए ।
सडकबाट निस्किएको धूलोका कारण सडक आसपासका स्थानीयलाई धेरै ठुलो समस्या आएको छ । धुलोका कारण रुघाखोकी लाग्ने ज्वरो आउने, झाडा पखाला लाग्ने, घरका समाना खराब हुने लगायतका समस्या आएकोले सडक बन्द गरेको सिवाकोटीले जानकारी दिए ।