२०८१ माघ ७, सोमवार , ०५:४२:१२ बजे

Sajhamanch
'

पाराबारी भेट्रान कपको उपाधि विर्तामोडले उचाल्यो

मङ्गलवार, असोज ३०, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी झापा नगर स्तरीय पाराबारी भेट्रान क्लबको उपाधि विर्तामोड भेट्रान क्लबले उचालेको छ ।

उर्लाबारी भेट्रान क्लबलाई ट्राइबेकरमा हराउँदै विर्तामोड भेट्रान क्लबले उपाधि हात पारेको हो ।

खेलको २९ मिनेटमा उर्लाबारीको तर्फबाट जर्सी नं. ११ का धनबहादुर मगरले पहिलो गोल गरेर खेललाई अग्रता दिलाएका थिए । अत्यत्न प्रतिश्पर्धामक रहेको खेलको ३२ औं मिनेटमा विर्तामोडका तर्फबाट जर्सी नं. ७ का सन्तोष राईले गोल गर्न सफल भएपछि खेल बराबरीमा रहयो । निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
ट्राइबेकरमा ४ – २ गोल अन्तरले विर्तामोडले उपाधि हात पार्न सफल भयो ।

विजेता टिमले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे भने, उपविजेता टिमले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा रोषनले नगद तथा प्रमाण पत्र प्रदान गरेका थिए ।
मेन अफ दी टुर्नामेन्ट विर्तामोडका केशव दाहाल, मेन अफ दी म्याचन सन्तोष राई, उत्कृष्ट गोल किप्पर रुपक गुरुङ्ग घोषित भए । सर्वाधिक गोल कर्ता उर्लाबारीका दिपक लिम्बु घोषित भए ।

फाइनल खेलको उद्घाटन झापा क्षेत्र नं. ४ का माननीय सांसद एलपी साँँवा लिम्बुले उद्घाटन गरेका थिए। उद्घाटनका क्रममा बोल्दै सांसद साँवाले पाराबारीमा यति स्तरीय फुटबल प्रतियोगिताका आयोजना गरेर पाराबारीलाई चिनाउन काम गरेको भन्दै आयोजक पाराबारी भेट्रान क्लबको प्रशंसा गरेको थिए । पाराबारीमा हाल फुटबल भएको भानु माविको खेल मैदान सुधारका लागि आफुले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । पारबारी भेट्रान क्लबले साँसद साँवालाई पारबारी खेल मैदानलाई स्तरोन्नती गर्नका लागि ज्ञपान पत्र समेत बुझाएको थियो ।

 

7

मङ्गलवार, असोज ३०, २०८० | खेलकुद

सम्बन्धित खबर