२०८१ माघ १८, शुक्रवार , ०९:२६:४० बजे

Sajhamanch
'

शिवगञ्ज बजार अनुगमनः हालसम्मकै ठूलो परिमाणमा म्याद गुज्रिएका पेय पदार्थ फेला

सोमवार, असोज २९, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले शिवसताक्षी ६ को शिवगञ्ज बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएका पेय पदार्थ फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

नगर उपप्रमुख नरमाया कार्कीको अनुगमन टोलीले पेय पदार्थ (कोक, फेन्टा, जुस) लगायतका म्याद गुज्रिएका खाद्य पदार्थहरु फेला पारेको हो ।

अनुगमन टोली कुरमुरे पापड, टोष्ट लगायत खाद्य पदार्थ पनि म्याद गुज्रिएको फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

म्याद गुज्रिएका पेय पदार्थ पोतलमा प्वाल पारेर डिस्पोजल गरिएको उपप्रमुख नरमाया कार्कीले बताइन् । उनका अनुसार अहिले सम्मकै शिवगञ्ज बजारमा म्याद गुज्रिएका पेय पदार्थ फेला परेको हो । नगरको टोलीले फेला पारेका पेयपदार्थहरुको सिल नतोडी बोतलमा प्वाल परेर फाइएको छ । उपप्रमुख कार्कीले भनिन्ः व्यापारीहरु उक्त शिल्ड नतोडिएका पेय पदार्थका खाली बोतल डिलरसँग साट्न सक्ने छन् ।

पेय पदार्थ बाहेकका अन्य म्याद गुज्रिएका खाद्य पदार्थ भने, नगरपालिकाले जफत गरेर ल्याएको छ। नगरपालिकाले उक्त सामाग्रीहरु डिस्पोजल गर्ने जनाएको छ ।

अनुगमनका क्रममा अधिकांश पसलहरु दर्ता तथा नविकरण नगरिएको पाइएको राजश्व प्रमुख बद्री दाहालले जानकारी दिए । उनले भने, हामीले यही मंसिर महिना भित्रमा दर्ता तथा नविकरण गर्न सुझाए छौ । त्यस्ता पसलहरुको लगत समेत संकलन गरिएको उनले बताए ।

शिवसताक्षी नगरपालिकाले उपभोक्ताहरुले बजारमा समान खरिद गर्दा अनिवार्य रुपमा उत्पादन मिति र म्याद सकिने मिति हेरेर मात्र खरिद आग्रह गरेको छ।

सोमवार, असोज २९, २०८० | विविधा, समाज