शिवसताक्षी । विर्तामोड भेट्रान क्लब पाराबारी भेट्रान कपको फाइनलमा प्रवेश गरेको छ । आज तुर्केनी भेट्रान क्लबलाई ३–२ गोल अन्तरले हराउँदै विर्तामोड भेट्रान क्लब नगर स्तरीय पारबारी फुटबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको हो । भोलि हुने फाइनल खेलमा विर्तामोड उर्लाबारीसँग भिड्ने पक्का भएको छ ।
खेलको ४० औं मिनेटमा विर्तामोडका तर्फबाट जर्सी नं. ७ का सन्तोष राईले पहिलो गोल गर्न सफल भएका थिए ।
त्यस्तै ४५ औं मिनेटमा तुर्केनी फुटबल क्लबका तर्फबाट जर्सी नं ७ का अंकुर खड्कीले गोल गरेपछि खेल एक एकको बराबरीमा रहेको थियो । तुर्केनीको तर्फबाट लगाएको गोलको एक मिनेट नवितै खेलको ४६ औं मिनेटमा विर्तामोडले गोल फर्काएको थियो । विर्तामोडका तर्फबाट जर्सी नं. १७ का श्याम राईले टिमको तर्फ दोस्रो गोल गरेका थिए ।
त्यसैगरी विर्तामोडले खेलको ५२ औं मिनेटमा जर्सी नं. ११ का गणेश सुब्बाले थप एक गोल गरेपपछि ३ – १ गोल अन्तर बनाएको थियो । तर इन्जुरी समयमा तुर्केनी फुटबल क्लबका जर्सी नं. ७ कै अंकुर खड्कीले एक गोल गरी ३– २ को अन्तर बनाए । तुर्केनी फुटबल क्लबले पाएको पेनाल्टी सुटको सदुयोग गर्र्दै दुवै गोल गरेको थियो ।
खेलको म्यान अफ दी म्याच विर्तामोडका खेलाडी श्यामबहादुर राई घोषित भए । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेतले ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक पाराबारी भेट्रान क्लबले जनाएको छ।
प्रतियोगिता शिवसताक्षी नगरपालिका वडा नं. ३ को भानु माविको खेल मैदानमा सञ्चालन भएको थियो ।