शिवसताक्षी । झापाको शिवसताक्षी ९ स्थित आइतबारे बजारमा एक दिने सांस्कृतिक कार्यक्रम गरिएको छ । शुभ दशैको उपलक्ष्यमा आइतबारे बजार प्रवद्र्धनका लागि एक दिवशीय सास्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।
सास्कृतिक कार्यक्रमको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै नगर प्रमुख थोप्राले नेपालीहरुको महान चार्ड शुभ दशैंको नवरात्रको पहिलो दिनको अवसर पारेर सांकृतिहरुको जर्गेना गर्नका लागि गरिएको कार्यक्रमको प्रशंसा गरेका छन् । नेपालमा भएका सबै जातजातिका धर्म संस्कृति हाम्रो सम्पत्ती भएकाले यसलाई संरक्षण गर्नु हाम्रो कर्तव्य रहेको बताए । आज आइतबारे बजारको दुर्गा मन्दिरमा नव दुर्गा भवनीको पुजा आरधाना सुरु गरिएको समेत उनले बताए ।
कार्यक्रम राई, लिम्बु, सन्थाल लगायतका नाँचहरु प्रस्तुत गरिएका थियो भने, स्थानीय कलाबारहरुले गीत प्रस्तुत गरेका थिए।
लामो समयपछि गएको वर्षदेखि आइतबारे बजार सञ्चालनमा आएको र आइतबारे बजार हुँदै पर्यटकीय क्षेत्र चिल्लागढ धाम रहेकाले पनि बजार विकासका लागि एउटा आधार रहेको आइतबारे बजार विकास समितिका अध्यक्ष जयनारायण पौडेलले बताए । आतबारे बजार विकासका लागि विभिन्न समयमा कार्यक्रमहरु गर्दै जाने उनको भनाई थियो ।
कार्यक्रममा वडाध्यक्ष डिल्लीलाल फेम्बो, चिल्लागढधाम व्यवथापन समितिका अध्यक्ष शिशिर तुम्बापो लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम आइतबारे बजार विकास समितिका अध्यक्ष जयनारायण पौडेलको अध्यक्षतामा भएको थियो ।