२०८१ माघ ६, आइतवार , १०:११:५१ बजे

Sajhamanch
'

माता नवदुर्गा कृषि सहकारीको १२ औं साधारण सभा सम्पन्न

आइतवार, असोज २८, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. २ मा रहेको माता नवदुर्गा कृषि सहकारी संस्था लि.ले १२औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भाष्कर न्यौपानेको प्रमुख आतिथ्यता तथा सहकारी संस्थाका अध्यक्ष मच्छिन्द्र सम्बाहाम्फेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्षबाट प्रस्तुत गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले अहिले वितिय संघ संस्था तथा सहकारीहरुवाट लिएको ऋण र व्याज रकमको विषयमा भ्रामक समाचारहरु आइरहेकोले त्यस्ता हल्लाको पछि नलाग्न र संस्थाबाट आफूले लगेको ऋण समयमै तिरेर असल ऋणी बन्न सम्पूर्ण शेयर सदस्यहरुलाई आग्रह गरेका छन् ।

यस सहकारीले जेष्ठ नागरिक उत्कृष्ट बचतकर्ता शेयर सदस्य बच्चाधिन राजबंशीलाई सम्मान गरेको छ त्यस्तै उत्कृष्ट बाल बचतकर्ता नित्या ढुङ्गाना र सन्देश गुरुङ ,उत्कृष्ट मासिक बचतकर्ता दीपक बरुवाल,उत्कृष्ट दैनिक बचतकर्ता विष्णुमाया सापकोटा , उत्कृष्ट मासिक ऋणी नन्दकुमार बल तामाङ,उत्कृष्ट दैनिक किस्ता सुकमाया घिसिङलाई सम्मानीत तथा पुरस्कृत गरेको संस्थाका व्यवस्थापक यामकुमार गौतमले जानकारी दिए ।

यो संस्था जन्मदा सानो र साघुँरो आर्थिक घेराबाट अगाडि बडे पनि बाह्रौं बार्षिक साधारणसभासम्म आईपुग्दा ३१४ जना महिला र ३४८ जना पुरुष गरि ६६२ जना शेयर सदस्यहरुको छरिएर रहेको सेयर सदस्यहरुको पुँजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।हाल ९७लाख २२हजार ४सय शेयर पुजी रहेको प्रतिवेदनमा उल्लेख छ । यो संस्थाको आफ्नै जग्गामा कार्यालय भवन निर्माण गरि प्रगति पथमा लम्किरहेको देखिन्छ ।

यस संस्थामा ७ करोड ८८लाख ५७ हजार २ सय ४२ रुपैयाँको वासलात रहेको र ७ लाख ६२ हजार ३ सय ५८ रुपैयाँ खुद नाफा रहेको अध्यक्ष सम्बाहाम्फेले जानकारी दिए ।

कार्यक्रममा साना किसान कृषि सहकारी शिवसताक्षी २का अध्यक्ष शमशेर बस्नेत ,नगदेबाली कृषि सहकारी संस्था शिवसताक्षी २का अध्यक्ष बलजीत राई,सतासीदर्शन बहुउद्देश्यीय सहकारी संस्था शिवसताक्षी १की अध्यक्ष भरतकुमारी बस्नेत,शुभमंगल महिला कृषि सहकारी शिवसताक्षी २की अध्यक्ष मनमाया तिवारी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा मंगलबारे बजार व्यवस्थापन समिति अध्यक्ष राजकुमार विश्वकर्मा ,शिवसताक्षी ३की महिला वडा सदस्य मुना तामाङ,वडा सदस्य लासाङ दोर्जे तामाङ ,शिवसताक्षी २का वडा सदस्य यामबहादुर राई,स्वातन्त्र बहुउद्देश्यीय सहकारीका अध्यक्ष नेत्रप्रसाद विमली,वीरबहादुर बुढाथोकी ,दुर्गाप्रसाद सम्बाहामफेको बिशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा लेखा परिक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक डिल्ली न्यौपानेले वाचन गरेका थिए।
संचालक समितिका उपाध्यक्ष कोपिला न्यौपानेले स्वागत मन्तव्य गरेकोे कार्यक्रममा संचालन भने संस्थाका व्यवस्थापक यामकुमार गौतमले गरेका थिए

आइतवार, असोज २८, २०८० | सहकारी