२०८१ कार्तिक ३०, शुक्रवार , १२:४९:४१ बजे

Sajhamanch
'

खुद्रा साकोसको १७ औं वार्षिक साधारण सभा, पूर्व सञ्चालकसहित २३ जना सम्मानित

शनिवार, असोज २७, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ दूधे बजारमा रहेको खुद्रा बचत तथा ऋण सहकारी संस्थाले १७ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आ.व. २०७९÷०८० मा १ करोड ९१ लाख ९ हजार ६७८ आम्दानी र १ करोड ६१ लाख ९३ हजार १९१ खर्च गरेको विवरण सावर्जनिक गरेको छ ।

सस्थाले साधारण सभाकै अवसर पारेर पूर्व सञ्चालकहरुलाई सम्मान गरेको छ । सम्मानित हुने पूर्व सञ्चालकहरुमा रामभजु श्रेष्ठ, कमलबहादुर बस्नेत, डिल्लीरमण खतिवडा, पर्शुराम दाहाल, राजकुमार ठाकुर, निर्मला प्रधान, जगतबहादुर तुम्बापो रहेका छन् ।

त्यस्तै सम्मानित हुनेहरुमा पूर्व लेसा समिति सयोजक गोविन्द काफ्ले, सदस्य टिकाराम बाँस्कोटा र पूर्व शिक्षा उप समिति सदस्य शुकबहादुर जवेगु रहेको खुद्रा बचत तथा ऋण सहकारी संस्थाले ृजनाएको छ । त्यसै गरी साधारण सभाकै अवसरमा ज्यष्ठ सदस्यहरुमा मदनलाल पाण्डे, भुवानी विक्रम सेलिङ्ग, पदमकला निरौला र तिला कार्की बस्नेतलाई पनि सहकारीले सम्मान गरेको थियो ।

कार्यक्रममा असल बचत कर्ताको रुपमा गंगाप्रसाद सुवेदी, काशीप्रसाद ताजपुरिया र असल ऋण बुझाउने सदस्यको रुपमा कल्पना राई, मनु अधिकारी सम्मानित भएका छन् ।

संस्थाले सहकारीका सदस्यका छोरा छोरीहरु मध्येबाट २०७९ सालको एस ई ई परीक्षामा उत्कष्ट जिपिए ल्याउने छात्र छात्रहरुलाई सम्मान स्वरुप कदर पत्र प्रदान गरिएको थियो । जसमा सामुदायिक विद्यायलबाट उत्कृष्ट जिपिए ल्याउने सविता गौतम र गरिमाया ओली रहेका छन् । त्यस्तै संस्थागत विद्यालय तर्फका निकेश खतिवडा र रिया निरौलालाई कदर पत्र प्रदान गरिएको संस्थाका लेखापाल लोकेश खनालले जानकारी दिए ।

संस्थाका अध्यक्ष नारायण प्रसाद बजगाईँले सञ्चालक समितिको प्रतिवेदन र आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका लेखापाल लोकेश खनालले गरेका थिए ।

 

शनिवार, असोज २७, २०८० | सहकारी

सम्बन्धित खबर