२०८१ माघ ६, आइतवार , ०७:२१:४४ बजे

Sajhamanch
'

धरमपुर साकोसको साधारण सभामा दर्जन बढीलाई सहयोग र सम्मान

शनिवार, असोज २७, २०८०

शिवसताक्षी । धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड शिवसताक्षी–१, धरमपुरको १४औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ।

शिवसताक्षी नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङको प्रमुख आतिथ्यता तथा सहकारी संस्थाका अध्यक्ष कुमार शंकरको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्षबाट प्रस्तुत गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि चेम्जोङले धरमपुरकै पुरानो सहकारी भएकोले शेयर सदस्यहरूको मन जित्न सफल हुँदै गइरहेकोमा प्रशंसा गरे साथै अझ सामाजिक ,शैक्षिक र मानव स्वास्थ्यको क्षेत्रमा काम गर्दै जान सुजाए।यस्ता कार्यहरुमा वडा कार्यालय सहकार्य गर्न तयार रहेको बताए ।

धरमपुर साकोसले क्यान्सरसँग जुधिरहेका शेयर सदस्य इन्द्रबहादुर कटुवाल र निर्मला घिमिरेलाई जनही १०हजार राहत,संस्थाको कार्यक्षेत्र भित्रका पत्रकारलाई पुरस्कृत गर्ने नीति अनुरुप धरमपुर साकोस पत्रकारिता पुरस्कारबाट बिनोद सापकोटा, उत्कृष्ट उद्धमी शेयर सदस्य प्रेमप्रसाद पोख्रेल, उत्कृष्ट वचतकर्ता भावना कार्की, सन्नमकुमार तामाङ्ग, पुण्यप्रसाद खड्का, गोमाकुमारी सेजवाल श्रेष्ठ,उत्कृष्ट ऋणीतर्फ बविता कार्की पाण्डे, विरेन राई, मञ्जु कार्की र सुन्दरबहादुर रायलाई सम्मानीत तथा पुरस्कृत गरेको छ।त्यसैगरी संस्थाले एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका सन्तान मध्येबाट समीर ढकाल, प्रवीता श्रेष्ठ र नाजनी खड्कालाई पुरस्कृत गरेको संस्थाका व्यवस्थापक विनोद ढकालले जानकारी दिए ।

धरमपुर साकोसले यस क्षेत्रमा छरिएर रहेको सेयर सदस्यहरुको पुजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।

४६३ शेयर सदस्य रहेको यस संस्थामा ७ करोड ३८लाख ८६ हजार ८ सय ६४ रुपैयाँको वासलात रहेको र १२लाख २५ हजार १ सय ९७ रुपैयाँ खुद नाफा रहेको अध्यक्ष शंकरले जानकारी दिए ।

कार्यक्रममा लेखा परिक्षण प्रतिवेदन कोषाध्यक्ष जयकुमारी चेम्जोङले र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक लक्ष्मीप्रसाद बजगाँईले वाचन गरेका थिए।

संचालक समितिका उपाध्यक्ष चन्द्रकुमार खड्काले स्वागत मन्तव्य गरेकोे कार्यक्रममा संचालन भने संस्थाका सचिव नारदमणी रिमाल र व्यवस्थापक बिनोद ढकालले गरेका थिए।

शनिवार, असोज २७, २०८० | सहकारी