शिवसताक्षी । सरकारले जारी गर्न लागेको संघीय ऐनको संसोधनको माग राख्दै आन्दोलनरत शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुले आन्दोलनको स्वरुपमा परिवर्तन गरेका छन् ।
कर्मचारीहरुले कहिले नगरपालिकाको गेटमा धर्ना तथा पेन डाउन गर्दै आएका थिए । तर आज एका एक आन्दोलनको स्वरुप परिवर्तन गरी दुधे बजार सरसफाई गरिएको छ ।
आन्दोलनमा उत्रिएका कर्मचारीहरुले पेन डाउनको समयको सदुपयोग गर्दैै दूधे बजार सरसफाई गरेका हुन् । आन्दोलनमा जहिले पनि अराजक गतिविधी मात्र गर्ने प्रवृद्धिलाई निरुत्साहित गर्दै रचनात्मक काम गरेर पनि आन्दोलन गर्न सकिन्छ भन्ने सन्देश दिन आन्दोलनमा सरसफाई कार्यक्रम राखिएको नगरपालिकाका कर्मचारी डिल्ली नेपालले जानकारी दिए ।
सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि निर्मम लाठी प्रहार गरेर दमन गरेको छ । हाम्रा साथीहरु कति घाइते भएका छन् । हामी आन्दालनमा छौ तर हामी मानव हौ, सचेत छौ । आन्दोलनका बीचमा पनि रचनात्मक काम गर्न सकिन्छ भन्ने हेक्का राख्छौ त्यसका बाबजुत आज सरसफाई कार्यक्रमको आयोजना गरिएको संघर्ष समितिका संयोजक विमल बाँस्कोटाले बताए । उनले भने पेन डाउनको समयमा बाहेक सेवा प्रवाह गर्दा आन्दोलनको संज्ञाको रुपमा कालो पट्टी बाँधेर काम गरिरहेका छौ ।
कर्मचारीहरुले आफ्ना मागहरु छाती तथा टाउकोमा टाँसर सरसफाई गरेका थिए ।