२०८१ पौष ५, शुक्रवार , ०७:३२:४७ बजे

Sajhamanch
'

शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमन, भारतीय माछा खाल्डोमा पुरियो

बिहिवार, असोज २५, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका क्षेत्र भित्र बजार अनुगमनलाई कडाई गरेको छ । आज विहीबार शिवसताक्षीको धौलेचोक बजार भएको अनुगमनमा प्रतिबन्धित माछा जफत गरेको छ ।

बजारमा भारतबाट ल्याएको माछा बेच्दै गरेको भेटेपछि नगरको अनुगमन टोलीले उक्त माछालाई खाल्डो खनेर गाडेको छ ।
नगर उपप्रमुख नरमाया कार्कीको नेतृत्वको अनुगमन टोलीले इलाका प्रहरी कार्यालय झिलझिले, धौलेचोक बजार विकास समितिको रोहबरमा उक्त माछालाई खाल्डो खनेर गाडिएको नगर उपप्रमुख नरमाया कार्कीले बताइन् । उनका अनुसार बजारमा भारतीय माछा बजारमा बेच्दै गरेको भेटेपछि ८ केजी भारतीय माछा जफत खाल्डोमा पुरिएको हो ।

मानिसको स्वास्थ्यमा असर गर्ने म्याद गुज्रिएका खाद्य पदार्थ, पिय पदार्थ, मासु जन्य पदार्थलाई पहिलो प्राथमिकतामा राखेर अनुगमन गरिएको उपप्रमुख कार्कीको भनाई छ।

त्यस्तै अनुगमन टोलीले भानु माध्यमिक लालझोडा स्थित पसलहरुमा पनि अनुगमन गरेको छ । स्कुल परिसर छेउका पसलहरुमा म्याद गुज्रिएका मिठाई लगायत अन्य बस्तुहरु बेच विख गर्न नदिन कडाई गरिएको थियो ।

अनुगमनको क्रममा पसलको दर्ता तथा नविकरण समेत चेक गरिएको राजश्व प्रमुख बद्री दाहालले बताए । अनुगनम गर्दा दर्ता तथा नविकरण नगरिएका पसलहरुको लगत संकलन गरिएको र मंसिर महिना भित्रमा नविकरण तथा दर्ता गर्न सुझाएको प्रमुख दाहालले जानकारी दिए । टोलीले दुधे तथा झिलझिलेका मासु पसलको पनि अनुगमन गरेको थियो ।

बिहिवार, असोज २५, २०८० | विविधा, समाज

सम्बन्धित खबर