शिवसताक्षी । शिवसताक्षीको पाराबारीमा जारी प्रथम शिवसताक्षी नगर स्तरीय भेट्रान कप २०८०को विहीबार भएको खेलमा विर्तामोड भेट्रान क्लब विजयी भएको छ ।
दमक भेट्रान क्लबलाई सथनडेथमा हराउँदै विर्तामोड भेट्रान क्लब विजयी भएको हो ।
खेलको पहिलो हाफमा विर्तामोडका जर्सी नं. ७ का गोल गर्दै सन्तोष राईले खेललाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको दोस्रो हाफमा दमकका तर्फबाट जर्सी ७ कै दिपेन गिरी गोल फर्काएपछि दुवै तर्फबाट एक एक गोल भएको थियो ।
निर्धारित समयमा एक एकको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । ट्राइबेकरमा खेल बराबरी रहेपछि सडनडेथमा विर्तामोडले विजयी हासिल गरेको आयोजक पाराबारी भेट्रान क्लबले जनाएको छ ।
खेलको म्यान अफदी म्याच विर्तामोडका गोलकिप्पर मदन अधिकारी घोषित भए उनले नगद पुरस्कार प्राप्त गरे ।
भोलि शुक्रबार उर्लाबारी भेट्रान र कनकाई भेट्रान बीच खेल हुने आयोजकले जनाएको छ । खेल शिवसताक्षी ३ पाराबारी स्थित भानु माविको खेल मैदानमा भइरहेको छ ।