२०८१ पौष ५, शुक्रवार , १०:४०:३८ बजे

Sajhamanch
'

चन्द्रडाँगीमा जारी वडा स्तरीय फुटबल प्रतियोगिताः वडा नं. ४ लाई भारी गोलअन्तरले हराउँदै वडा नं.२ विजयी

बुधवार, असोज २४, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी वडा न. ७ मा जारी प्रथम शिवसताक्षी वडा स्तरीय फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा वडा न. २ विजयी भएको छ ।

वडा न. ४ लाई ८–१ गोल अन्तरले हराउँदै वडा न. २ विजयी भएको हो । प्रतियोगितामा १२ ओटा टिमले सहभागीता जनाएको छन । प्रतियोगिताको विजेता टिमले नगद रु ३० हजार, उपविजेता टिमले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

भोलि विहीबार वडा नं. ५ र वडा नं. ११ बीच हुने आयोजनले जनाएको छ । प्रतियोगिता वडा न ७ चन्द्रडाँगी स्थित शुक्र माविको खेल मैदानमा भइरहेको छ ।

प्रतियोगिताका लागि शिवसताक्षी नगरपालिकाले ५० हजार र वडा नं.७ ले १ लाख २० हजार सहयोग गरेको वडा सदस्य सुरेश राजवंशीले जानकारी दिए । अन्य रकम विभिन्न सहयोगदाताहरुबाट स्वतस्फूर्त रुपमा संकलन भइरहेको समेत उनले बताए ।

बुधवार, असोज २४, २०८० | खेलकुद

सम्बन्धित खबर