शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ३ स्थित पाराबारी भेट्रान क्लबको आयोजनामा प्रथम झापा नगर स्तरीय भेट्रान कपको उद्घाटन खेलमा भद्रपुर भेट्रान क्लब विजयी भएको छ ।
आयोजक पाराबारी रातोलाई ट्राइबेकरमा ३–४ गोल अन्तरले हराउँदै भद्रपुर भेट्रान क्लब विजयी भएको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । खेलको म्यान अफ दी म्याच भद्रपुरका गोलकिप्पर अमित गुरुङ्ग घोषित भए ।
प्रतियोगिता विजेता टिमले नगद ५० हजार र उपविजेता नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक पाराबारी भेट्रान क्लबले जनाएको छ ।
प्रतियोगितामा आयोजकको दुई टिम सहित ८ टिमको सहभागिता रहेको छ । भोलि विहीबार विर्तामोड भेट्रान क्लब र दमक भेट्रान क्लब बीच हुने आयोजक जनाएको छ । प्रतियोगिता शिवसताक्षी ३ स्थित भानु माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको छ ।