२०८१ माघ १४, सोमवार , १०:५५:२६ बजे

Sajhamanch
'

छिमेकी साकोसको १७ वार्षिक साधारण सभाः ३ करोड ५७ लाख बढी नाफा, ३९ जना सम्मानित

सोमवार, असोज २२, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ८ झिलझिलेमा रहेको छिमेकी बचत तथा ऋण सहकारी संस्थाले ३ करोड ५७ लाख ४७ हजार ७७ रुपैया खुद नाफा कमाएको छ ।

आज संस्थाको केन्द्रिय कार्यालय झिलझिलेमा १७ औ वार्षिक साधारण गर्दै संस्थाले आ.वं. २०७९÷०८० को आय व्यय सार्वजनिक गरेको हो ।

जसमा ०७९÷०८० मा ११ करोड ६३ लाख ४४ हजार १४० रुपैँया आम्दानी र ८ करोड ०५ लाख ९७ हजार ६३ रुपैया खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक प्रतिवेदन अनुसार संस्थामा १४ करोड ३ लाख ६७ हजार ८०० रुपैँया चुक्ता शेयर पुँजी रहेको छ भने ३९ करोड २० लाख ८० हजार ८५१ रुपैयाँ निक्षेप संकलन गरेको संस्थाका कार्यकारी निर्देशक नर प्रसाद ओली जानकारी दिए । संस्थाले ८५ करोड ८७ लाख ३९ हजार ९७२ रूपैयाँ सदस्यका वचत भुक्तानी दिएको निर्देशक ओलीको भनाई छ।

संस्थाले शिवसताक्षीको मंगलबारे, जनता बजार, कनकाईको सुरुङा, दमक नगरपालिकामा, कमल गाँउपालिकाको केर्खामा गरी पाँच वडा सेवा केन्द्र सञ्चालनमा रहेको छ ।

गत आवको असार मसान्तमा ६५ करोड ३४ लाख ८७ हजार ५३५ रुपैयाँ लगानीमा रहिरहेको थियो । चालु आवको यो अवधी सम्ममा उक्त अंक घटेको निर्देशक ओलीले बताए ।

४ हजार २४० जना शेयर सदस्य रहेको संस्थाले सम्पती र दायित्व गरेर ८६ करोड ५ लाख ८४ हजार ७२१ को वासलात बनाउन समेत सफल भएको छ । सो संस्थाको ४ करोड ६७ लाख २७ हजार १५३ रुपैयाँको सुरक्षीत पुँजी कोष छ ।
संस्थाको भवन झिलझिलेमा सोमबार देखि सुरु इकाईगत साधरणसभा असोज २७ गते सम्पन्न हुने छ । मंगलबार जनता, बुधवार दमक, बिहीबार मंगलबारे, शुक्रबार सुरुङगा र कमलको केर्खाबाट सदस्यको राय सुझाव संकलन गरेर २७ गते शनिवार झिलझिले स्थित प्रधान कार्यालयबाट नयाँ नेतृत्व सहित संस्थाको सत्र्रौ वार्षिक साधरण सभा सम्पन्न हुने संस्थाले जनाएको छ ।

संस्थाले १७ औं साधारण सभाको अवसरमा कर्मचारी, संस्थामा उत्कष्ट कारोबार गर्ने र संस्थाबाट अवकाश हुने कर्मचारी गरी ३९ जनालाई सम्मान गरेको छिमेकी बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।

कार्यक्रममा संस्थाका सदस्य यज्ञराज ओलीले पाँच जना कर्मचारीलाई नगद सहित सम्मान गरेका छन् । उनले जसमा माधव पोख्रेल, लक्ष्मण तामाङ झिलझिले, मिना अधिकारी दमक, रमेश ढकाल केर्खा सेवा केन्द्रका कर्मचारी नगद ५ हजार १०५ सहित सम्मानित गरेका हुन् ।

यस्तै संस्थाले शुसिल न्यौपाने, केशव आचार्य, खगमाया अधिकारी र गरिमा श्रेष्ठलाई पनि सम्मान गरेको छ । यस्तै संस्थाका पूर्व कर्मचारी नेत्र कोइरालाई भव्य समारोहका विच सम्मान सहित विदाई गरिएको छ । उनले संस्थाबाट स्वेच्छिक अवकास लिएका थिए ।

छिमेकी वचत तथा ऋण सहकारी संस्थामा नियमित कारोवार गर्ने जगतमणी उप्रेती, राजन (नवराज) न्यौपाने पनि सम्मानित भएका हुन् ।

सस्थाले संस्थाका सदस्य यज्ञप्रसाद ओली दम्पतीलाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरेको छ । संस्थामा उनले दिएको योगदानको कदर गर्दै ओली सम्मान गरिएको संस्थाका उपाध्यक्ष मोहन मैनालीले जानकारी दिए।

कार्यक्रममा शिवतसाक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले संस्थाले वित्तीय संकट भइरहेको अवस्थामा पनि संस्थाले गरेको प्रगतिका बारेमा खुलेरै प्रशंसा गरेका थिए । उनले कतिपय वित्तीय संस्था धारासायी बनेको बताए । संस्थाले ऋण लागनी गर्द जोखिमको क्षेत्र हेरेर मात्र लगानी गर्न नगरप्रमुख थोप्राले सुझाएका थिए ।

संस्थाका अध्यक्ष गणेश प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिकाका, उपप्रमुख नरमाया कार्र्की, वडाध्यक्ष सन्त फेउदिन लगायतले शुभकामना मन्तव्य राखेका थिए भने संस्थाका सदस्य पर्शुराम ढुंगानाले स्वागत गरेको कार्यक्रमको संचालन सचिव उदय प्रकाश राईले गरेका थिए ।

सोमवार, असोज २२, २०८० | सहकारी

सम्बन्धित खबर