२०८१ माघ १४, सोमवार , ०२:०४:५६ बजे

Sajhamanch
'

साना किसान कृषि सहकारीको २४ औं वार्षिक साधारणसभा सम्पन्न

आइतवार, असोज २१, २०८०

शिवसताक्षी। साना किसान कृषि सहकारी संस्था लि. शिवसताक्षी–२ धरमपुर मंगलबारले २४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्कीको प्रमुख आतिथ्यता तथा सहकारी संस्थाका अध्यक्ष शमशेर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि कार्कीले अहिले वितिय संघ संस्था तथा सहकारीहरुवाट लिएको ऋण र व्याज रकमको विषयमा भ्रामक समाचारहरु आइरहेकोले त्यस्ता हल्लाको पछि नलाग्न र संस्थाबाट आफूले लगेको ऋण समयमै तिरेर असल ऋणी बन्न सम्पूर्ण शेयर सदस्यहरुलाई आग्रह गरेकी छिन् साथै शेयर सदस्यहरुको खाइ नखाई बचत गरेको पैसा फिर्ता नगर्ने सहकारीहरुलाई खबरदारी समेत गरेकी छिन् ।

साना किसान कृषि सहकारीले यस क्षेत्रमा रहेका स(साना किसानहरुको पुजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

सिपमुलक,आयमुलक,उत्पादनमुलक र स्वरोजगारमुलक यस सहकारीको कार्यक्रम सञ्चालनले निर्वाहमुखी खेती प्रणाली गरिरहने किसान आज व्यवसायिक पशुपालन गरिरहेका छन् । सहकारीबाट कर्जा लिएर गाई भैंसी पालन गरि मासिक ५० हजारको दूध बिक्री गरिरहेको किसानहरु बताउँछन् ।

यस संस्थामा ८०४ महिला, १८२ पुरुष सहित कूल ९८६ शेयर सदस्य कायम भएको प्रतिवेदनमा उल्लेख छ । संस्थामा ९ करोड ७४ लाख ९८हजार २ सय ४२ रुपैयाँको वासलात रहेको र १३लाख ९४ हजार ४ सय ७६ रुपैयाँ खुद नाफा रहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

कार्यक्रममा शिवसताक्षी वडा नम्बर१का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ,माता नवदुर्गा कृषि सहकारी संस्थाका अध्यक्ष मच्छिन्द्रकुमार सम्बाहाम्फे,मोति मा।वि का शिक्षक धर्मप्रसाद ढकाल,धरमपुर प्रहरी चौकीका इन्चार्ज दिपेन्द्र गौतम,गायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा नगदेबाली कृषि सहकारी संस्थाका उपाध्यक्ष प्रेमबहादुर कार्की,मंगलबारे वजार व्यवस्थापन समितिका उपाध्यक्ष डिकबहादुर बोहोरा,समाजसेवी होमप्रसाद गौतम,होमनाथ दंगाल,दुर्गाबहादुर थापा लगायतको उपस्थिति रहेको थियो।
संचालक समितिका सदस्य गंगाबहादुर राईले स्वागत गरेकोे कार्यक्रममा संचालन भने संस्थाकी व्यवस्थापक उमा रिजालले गरेकी थिइन् ।

आइतवार, असोज २१, २०८० | सहकारी