२०८१ माघ ७, सोमवार , ०२:४१:४८ बजे

Sajhamanch
'

पारिजात बहुद्देश्यीय सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

शनिवार, असोज २०, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका ८ झिलझिले स्थित पारिजात बहुद्देश्यीय सहकारी संस्थाले आज दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।सहकारीले झिलझिलेमा एक कार्यक्रम गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

सहकारी स्थापना भएको दुई वर्षमा ८७२ जना शेयर सदस्य बनाउने सफल भएको पारिजान बचत तथा ऋण सहकारीका अध्यक्ष पुष्पराज अधिकारीले जानकारी दिए । छोटो समयमा ३६ लाख ४ हजार ३०० शेयर पुँजी रकम, ७२ लाख ६४ जार ४०२ बचत तर ८१ लाख १९ हजार ६८३ ऋण लगानी गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

संस्थाले आ.व. २०७९÷०८० मा ९लाख ९६ हजार४४५ आम्दानी र १६ लाख ८० हजार ७५६ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा अध्यक्ष अधिकारीले आ.व. २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रमा शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्त फेउदिनले सहकारीले रोजगारी सृजना गर्दै देश निर्माणमा टेवा पु¥याएको बताए । उनले सहकारीको नीति नियममा रहेर कारवार गर्न समेत सुझाएका थिए ।

साधारण सभाको अवसरमा अवसरमा संस्थाले असल बचत कर्ताको रुपमा हर्क बोमिख, सरोज खड्का, असल कारोबार कर्ताको रुपमा मञ्जिल नेपाल र असल बालबचतको रुपमा लुसाङ थिङलाबुलाई सम्मान गरेको थियो ।

कार्यक्रममा स्थानीय सहकारीहरुका अध्यक्ष तथा प्रतिनिधि विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव सागर राईले गरेका थिए ।

शनिवार, असोज २०, २०८० | सहकारी