२०८१ माघ ७, सोमवार , ०२:५४:२५ बजे

Sajhamanch
'

शिवसताक्षी नगरपालिका एक्सनमाः झरीका बीच पनि चन्द्रडाँगी बजार अनुगमन

बुधवार, असोज १७, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले झरीका बीच पनि बजार अनुगमनलाई निरन्तरता दिएको छ ।

बुधबार शिवसताक्षी वडा नं. ७ स्थित चन्द्रडाँगी बजार अनुगमन गरेको हो । नगर उपप्रमुख नरमाया कार्कीको टोलीले चन्द्रडाँगीका अधिकांश पसलबाट म्याद गुज्रिएका खाद्य बस्तु जफत गरेको छ ।

शिवसताक्षी नगरपालिका भित्रका पसलहरुमा म्याद गुज्रिएका खाद्य बस्तु विक्री वितरण गरेको स्थानीयको गुनासो सँगै नगरपालिका एक्सनमा उत्रिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

बुधबार चन्द्रडाँगी बजारमा खाने तेल, कोक, फेन्टा, पापड, टुप्पेस, चिप्स लागत विभिन्न खाद्य सामाग्रीहरु म्याद गुज्रिएका फेला परेको उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् ।

अनुगमनका क्रममा ७० प्रतिशत पसलहरु स्थानीयतह दर्ता तथा नविकरण नगरी चलाएको राजश्व प्रमुख बद्री दाहालले जानकारी दिए । उनले दर्ता नगरिएका पसल सञ्चालकहरुलाई असोज मसान्त सम्ममा दर्ता तथा नविकरण गर्न सुझाएको बताए । अनुगमन टोलीले दर्ता नगरिएका पसलहरुको लगत समेत संकलन गरेको छ ।

यस पल्टको बजार अगनुगमन अघिल्ला वर्षहरुको भन्दा कडा रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

बुधवार, असोज १७, २०८० | समाज

सम्बन्धित खबर