२०८१ माघ ७, सोमवार , १०:३६:५४ बजे

Sajhamanch
'

शिवसताक्षीमा असोज २० गतेदेखि प्रथम शिवसताक्षी वडास्तरीय फुटबल प्रतियोगिता हुने

बुधवार, असोज १७, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ७ मा प्रथम शिवसताक्षी वडा स्तरीय फुटबल प्रतियोगिता २०८० हुने भएको छ ।
वडा नं. ७ को शुक्र माध्यमिक विद्यालयको खेल मैदानमा आगामी असोज २० गतेबाट कार्तिक ४ गतेसम्म वडास्तरीय फुटबल प्रतियोगिता हुने आयोजक वडा नं. ७ को खेलकुद विकास समितिले एक कार्यक्रम गरी जानकारी गराएको छ ।

स्थानीय स्तरमा खेलाडीहरुलाई खेल प्रति अभिबृद्धि र खेलाडी उत्पादन गर्ने उद्देश्यले वडास्तरीय फुटबल प्रतियोगिताको आयोजना गरिएको खेलकुद विकास समितिका अध्यक्ष विक्रम योङ्याले जानकारी दिए ।

प्रतियोगितामा १२ ओटा टिमले सहभागीता जनाउने अध्यक्ष योङ्याले जानकारी दिए । जसमा ११ वटा वडाका एक एक टिम र वडा नं. ७ को ए र वी टिम गरी दुई ओटा टिम रहने छन् ।

प्रतियोगिताको विजेता टिमले नगद रु ३० हजार, उपविजेता टिमले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियागितामा भएको प्रत्येक खेलको वेष्ट खेलाडीलाई नगद २ हजार, म्यान अफ दी म्याचलाई २ हजारका दरले पुरस्कृत गरिने वडा नं. ७ को खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न ३ लाख ५० हजार लाग्ने बताइएको छ । प्रतियोगिताका लागि शिवसताक्षी नगरपालिकाले ५० हजार, वडा नं. ७ को कार्यालयले १ लाख ५० हजार, नगरका सबै वडाहरुबाट ९० हजार सहयोग गर्ने अध्यक्ष योङ्लाले जानकरी दिए । उनका अनुसार ५० हजार स्थानीय व्यवसायी, संघ संस्थाबाट सहयोगका अपेक्षा गरिएको छ ।

यसै बीच यही आगामी कार्तिक १ गतेबाट ३ गतेसम्म वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । लालझोडाको खेल मैदानमा नगरका ११ वटै वडाको टिमहरु र नगरपालिकाका कर्मचारीहरुको १ टिमको सहभागितामा वडाध्यक्ष कप नकाउट भलिबल प्रतियोगिता हुने शिवसताक्षी भलिबल क्लबका सदस्य कमल दर्नालले जानकारी दिए ।

प्रतियोगिताको प्रथम हुने टिमले २० हजार, द्वितीय टिमले १५ हजार, र तृतीय हुने टिमले ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने शिवसताक्षी भलिबल क्लबले जनाएको छ । त्यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई ५ हजार र विधागत खेलाडीहरुलाई २ हजार नगदले पुरस्कृत गरिने छ ।

प्रतियोगिताको समापनमा राष्ट्रिय खेलाडी सुजन रिजाललाई सम्मान समेत गरिने शिवसताक्षी भलिबल क्लबका सदस्य दर्नालले जानकारी दिए ।

कार्यक्रममा वडाध्यक्ष भवानी विक्रम चेम्जोङ्गले, वडाबाट खेलाडी उत्पादन गर्न प्रतियोगिताको आयोजना गरिएको बताए । वडाबाट खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पु¥याउन कोसिस गरिने जानकारी दिए । आजका खेलाडीहरुलाई खेलप्रति प्रोत्सहान गरी धेरै भन्दा धेरै युवाहरुलाई खेलमा सहभागी गराउने उनको भनाई थियो ।

वडा सदस्य सुरेश राजवंशीले स्वागत गरेको कार्यक्रममा स्थानीय अम्बिका अधिकारी, वडा सचिव धनराज इङबुङ, पुर्व वडाध्यक्ष नविन इजम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बुधवार, असोज १७, २०८० | खेलकुद

सम्बन्धित खबर