२०८१ माघ ७, सोमवार , ०४:५८:५८ बजे

Sajhamanch
'

सिक्किमको चुङथाङ स्थित टिष्टाको ड्याम फुट्यो, २३ सैनिक बेपत्ता, सयौ घर डुवानमा

बुधवार, असोज १७, २०८०

झापा । सिक्किमको टिस्टा नदीमा आज आएको बाढीले बगाउँदा २३ जना भारतीय सैनिक वेपत्ता भएका छन् । वेपत्ता सैनिक मध्ये ५ सैनिकको सिङ्ताममा शव फेला परेको छ । अन्य सैनिकको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेले बताए ।

बारदाङ क्याम्पमा रहेका सैनिकहरु अचानकको बाढीबाट प्रभावित भएका थिए । राति करिब साढे १ बजेतिर २३ जना सैनिकहरु बगेर वेपत्ता भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बाढीले सिङताम बजारको पुल र नाम्ची जाने टिष्टाका पुल पनि बगाएको छ । बुधबार विहान करिब ३ बजे आएको बाढीले सिक्किमका सिङ्ताम रम्फु लगायत क्षेत्रहरु डुबानमा परेका छन् ।

सिक्किमको चुङ्थाङ क्षेत्रमा विद्युत उत्पादनका टिष्ट नदिमा लागि लगाइएको ड्याम फुट्दा नदि आसपासका क्षेत्रहरु डुबानमा परेका सिक्किम सरकारले जनाएको छ।

सिक्किम सरकारको सिक्किम विभागले एक विज्ञप्ती जारी गर्दै आगामी ८ अक्टोबरसम्म पाक्योङ, नाम्ची, गान्तोक लगायतका क्षेत्रहरुमा नीजि तथा सरकारी विद्यालय बन्द रहने जानकारी गराएको छ ।

भारतीय सेनाले जारी गरेको विज्ञप्ति अनुसार सिक्किममा भएको भारी वर्षाका कारण र चुङथाङ बाँधबाट पानी छाडिएका कारण तटीय क्षेत्रमा १५–२० फिटसम्म सतह बढेको थियो ।

भारतीय सञ्चारमाध्यमहरुले उत्तर सिक्किमको लेनाक तालमा बादल फाटेर भएको अत्याधिक वर्षाका कारण टिस्टा नदीमा १५ फिटसम्म जलस्तर बढेको जनाएका छन् ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेले सिङ्ताम र गोलीटार लगायतका प्रभावित क्षेत्रको भ्रमण गरेर पीडितहरुसँग भेटेका छन् । बाढीले के कति गर्यो भन्ने विवरण आएको छैन ।

बुधवार, असोज १७, २०८० | विविधा, समाज

सम्बन्धित खबर