२०८१ माघ ७, सोमवार , ०४:३७:१७ बजे

Sajhamanch
'

शिवसताक्षी नगरपालिकाका कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम दिन सुरु

बुधवार, असोज १७, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तालिम दिन सुरु गरेको छ ।

नगरपालिकामा तल्लो तहमा कार्यरत कर्मचारीहरुलाई तीन दिवशीय क्षमता अभिबृद्धि तालिमको आज उद्घाटन गरिएको हो । शिवसताक्षीको पर्यटकीय क्षेत्र दोमुखामा आज नगरप्रमुख मेगाहाङ्ग थोप्राले तालिमको उद्घाटन गरेका हुन् ।

तालिममा नगरपालिकामा कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । उनले समय सापेक्ष कर्मचारीहरुलाई अपडेट गराउँदै लगे मात्र नयाँ प्रविधि अवलम्बन गर्दै काम छिटो छरितो तरिकाले गर्न सकिने बताए ।

नगरपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि शिवसताक्षी नगरपालिका लागि परेको नगर उपप्रमुख नरमाया कार्कीले बताइन् । कर्मचारीहरुका पनि केही समस्याहरु रहेका छन् । नगरपालिकाले क्रमशः सम्बोधन गर्दै जान्छ । तर आम नागरिकले सेवा दिन कर्मचारी सदैव इमान्दारी भएर लाग्नु पर्ने उनको भनाई थियो ।

शिवसताक्षी नगरपालिकाले अघिल्ला वर्षमा माथिल्लो तहका कर्मचारीहरुलाई मात्र तालिम दिएको प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले जानकारी दिए । उनका अनुसार अधिकृत तहका कर्मचारीहरुमा भन्दा तल्लो तहका कर्मचारीसँग सेवा ग्राहीहरु बढी सम्पर्क हुने भएकाले यस पल्ट तल्लो तहका कर्मचारीहरुलाई तालिमको आजोजना गरिएको हो ।

तालिममा विहान ७ बजेबाट ९० मिनेट सहभागीहरुलाई योग साधाना गराइएको शिवसताक्षी नगरपालिका कार्यक्रम अधिकृत महेश लामिछानेले जानकारी दिए । योग साधानका लागि लिला बन भारतीले सहजीकरण गरेकी थिइन् । ९ बजेबाट १ दिउँसो बजेसम्म क्षमता अभिबृद्धि तालिमको सहजीकरण विजय तिम्सिनाले गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

तालिमको उद्घाटनमा शिवसताक्षी नगरपालिका लेखा अधिकृत प्रकाश योङहाङ्ग, प्रशासन प्रमुख डिल्ली नेपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शिवसताक्षी नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटीय क्षेत्र दोमुखामा कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

बुधवार, असोज १७, २०८० | विविधा, समाज

सम्बन्धित खबर