२०८१ माघ ७, सोमवार , ०२:५४:२४ बजे

Sajhamanch
'

शिवसताक्षी नगरपालिकाद्वारा माइधाम र दोमुखा क्षेत्रमा छड्के अनुगमन

मङ्गलवार, असोज १६, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले मंगलबार शिवसताक्षी १० को माइधाम र दोमुखामा छड्के अनुगमन गरेको छ । नगरबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको हो ।

माइधाम धार्मिक क्षेत्रमा पनि केही खाद्यबस्तुहरु म्याद गुज्रिएका भेटिएको नगर उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् । छड्के अनुगमन गर्दा व्यापारीहरुले म्याद गुज्रिएका सामाग्रीहरु लुकाउने मौका नपाउँदा धेरै मात्रामा त्यस्ता सामाग्री फेला परेको बताइन् । अनुगमन टोलीले म्याद गुज्रिएका पिय पदार्थहरुको बोतलमा प्वाल पारी बोतल खाली गराई दिएका छन् ।

म्याद गुज्रिएका पिय पदार्थहरु सम्बन्धित डिलरले फिर्ता गर्ने भएकाले बोतलमा प्वाल पारिर छाडिदिएको नगर उपप्रमुख कार्कीको भनाई छ । अन्य म्याद गुज्रिएको खाद्य सामाग्री नगरपालिकाको टोलीले जफत गरेको छ।

पर्यटकीय क्षेत्र दोमुखाका केही पसलहरुमा म्याद गुज्रिएका खाद्य सामाग्री फेला परेको छ । आज अनुगमन गरिएको अधिकांश पसलहरुमा दर्ता तथा नविकरण नगरिएको पाइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । त्यस्ता पसलहरुलाई असोज मसान्त भित्र नविकरण गर्न सुझाइएको वडा नं. १० का वडा सदस्य दिपक पोख्रेलले जानकारी दिए ।

नगरपालिकाले जफत गरेको खाद्य सामाग्री सरोकारवालहरुको रोहबरमा डिस्पोजल गर्ने जनाएको छ।
अनुगमन टोलीले किराना पसल, मासु पसल, पाउरोटी फ्याक्ट्री, होटल लगायतका पसलहरु अनुगमन गरेको थियो ।

मङ्गलवार, असोज १६, २०८० | विविधा, समाज

सम्बन्धित खबर