२०८१ माघ ७, सोमवार , ११:४५:५९ बजे

Sajhamanch
'

कमलको वडा नं ५ लाई बालमैत्री घोषणा

शुक्रवार, असोज १२, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं ५ लाई बालमैत्री घोषणा गरिएको छ । आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वडालाई बालमैत्री घोषणा गरिएको हो ।

खुसी राखौ बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार भन्ने मुल नारा लिइएको कमल गाउँपालिकाले यहाँको वडा नं ५ लाई बालमैत्री वडा घोषणा गरेको छ ।

गाउँपालिकाका अध्यक्ष हुकुम सिहं राई र प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले वडाध्यक्ष लाल बहादुर विष्टलाई बालमैत्री वडा घोषणाको प्रमाणपत्र हस्तान्तरण गरि वडालाई बालमैत्री भएको घोषण गरेका थिए ।
यस वडामा २ हजार ४ सय ५९ घर धुरी रहेका छन् भने कुल जनसंख्याको १ हजार ६ सय ४३ बालिका र १ सय ५७ बालक गरि ३ हजार ३ सय बालबालिका रहेका छन् ।

बालमैत्री कमल बनाउने गाउँपालिकाको उद्धघोषलाई २०७७ सालमै वडा नं ५ ले आफ्नो अठोटलाई आज पुरा गरेको हो । अब गाउँपालिकाका वडा १ र ६ बालमैत्री वडा घोषणाहुन बाँकी छन् ।

बालमैत्री वडा घोषणा गर्न वडाले बालमैत्री स्थानिय शासन वडा समितीको गठन, बालमैत्री अवधारणा सम्बन्धी सरोकारवालाको अनुशिक्षण र कार्ययोजना, टोलस्तर अभिमुखीकरण, बालमैत्री अनुरोधपत्र, बाल विवाहमुक्त टोल घोषणा लगायतका कामहरु सम्पन्न गरेको छ ।

अब यस वडाभित्र कोहि पनि बालबालिका आफ्नो जन्मसिद्ध बालअधिकारबाट बञ्चित हुनुनपर्ने र सबै बालबालिकालाई सत प्रतिशत बालमैत्री वातावरणमा हुर्कने अवसर प्रदान गरिने वडाध्यक्ष विष्टले बताए ।

अन्य वडाहरुमा पनि बालमैत्री वडा घोषणाको कार्यक्रम अन्तिम चरणमा पुगेको र सबै वडा घोषणा पछि सिङ्गो गाउँपालिकालाईनै बालमैत्री पालिका घोषणको तयारी भइरहेको गाउँपालिका अध्यक्ष हुकुम सिहं राईको भनाई छ ।
आज सम्पन्न भएको कार्यक्रमको सञ्चालनको जिम्मा वडा बाल सञ्जाललाई दिइएको थियो । सञ्जालले सञ्चालन गरेको कार्यक्रममा वडाभित्र रहेका विभिन्न विद्यालयका प्रधानाध्यापक , विद्यार्थीहरु, अभिभावक , विभिन्न राजनैतिक दलका प्रतिनिधी एंव सरोकारवालहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

शुक्रवार, असोज १२, २०८० | विविधा, समाज

सम्बन्धित खबर