धेरै किराना पसलमा म्याद गुज्रिएको सामाग्री फेला
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले छड्के अनुगमन गरेको छ । शिवसताक्षी ८ स्थित झिलझिले बजारमा आज छड्के अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांश किराना पसलमा म्याद गुज्रिएको समाग्री फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
नगर उपप्रमुख नरमाया कार्कीको नेतृत्वको टोलीले गरेको अनुगमनमा पसलमा भेटिएका म्याद गुज्रिएका सामाग्री जफत गरिएको छ । अनुगमन टोलीले पसल दर्ता तथा नविकरण नगरिएका पसलको लगत संकलन समेत गरेको शिवसताक्षी नगरपालिकाका राजश्व शाखा संयोजक बद्री दाहालले जानकारी दिए । उनका अनुसार धेरै पसलहरुमा शिवसताक्षी नगरपालिका तथा आन्तरिक राजश्व कार्यलयमा दर्ता नगरी चलाएको भेटिएको छ । दर्ता नगरिएका पसलहरुलाई असोज महिना भित्रमा दर्ता गर्न सुझाएको संयोजक बद्री दाहाले जानकारी दिए ।
पसलहरुमा ट्याग नलाइएका डुनट, पाउरी, टोष्ट लगायतका खाद्य सामाग्रीहरु फेला परेका थिए । त्यस्तै केही पसलहरुमा म्याद गुज्रिएको कोक, फ्रुटी, खाने तेल, चिप्सहरु म्याद गुज्रिएको भेटिएको छ । नगरपालिकको टोलीले उक्त सामाग्रीहरु जफत गरेको हो । जफत गरिएको सामाग्री अनुगमन डिस्पोजल गरिने अनुगमन टोलीका संयोजक दिपक तामाङ्गले जानकारी दिए ।
अनुगमनमा नगरपालिकाका कर्मचारी, नगर प्रहरी, शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष यामनाथ काफ्ले, वडा नं. ८ का सचिव पुष्पलाल पाण्डे, झिलझिले बजार समितिका प्रतिनिधि र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।