२०८१ माघ ७, सोमवार , ०७:४२:१० बजे

Sajhamanch
'

नेकपा एमाले कोशी प्रदेश निर्वाचनका लागि शिवसताक्षीबाट प्रतिनिधि छनोट सर्वसम्मत

शुक्रवार, असोज ५, २०८०

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीले कोशी प्रदेश आसन्न निर्वाचनका लागि प्रतिनिधि छनोट सर्वसम्मत चयन गरेको छ ।

खुल्ला तर्फ रामचन्द्र दाहाल, मनकुमार श्रेष्ठ, राधाकृष्ण खनाल, राजिव घिमिरे, चन्द्रकुमार सेर्मा, कमलप्रसाद लामिछाने, तुलसीराम मैनाली, कुमार भुजेल, सूर्यप्रसाद न्यौपाने, लिलाप्रसाद भट्टराई सर्वसम्मत चयन भएका हुन् । खुल्ला तर्फ १० जनाका लागि १९ जनाको उम्मेद्वारी परेको नेकपा एमाले शिवसताक्षी नगर कमिटीले जनाएको छ ।

युवाहरुको तर्फबाट सिकिन पाश्वन र पुष्प सापकोटालाई सर्वसम्मत चयन गरेको हो । युवा तर्फ २ जनाका लागि ६ जनाको उम्मेद्वारी परेको थियो ।

प्रदेश अधिवेशनका लागि अग्नी बहादुर कार्की, डिगम पराजुली, प्रदिप गोले तामाङ्ग, सुरज रिङगालुङ, सिकिन पाश्वन र पुष्प सापकोटा उम्मेद्वारी परे पनि आज भएको छलफलबाट पाश्वन र सापकोटालाई चयन भएको बताइएको छ ।अन्य उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएसँगै सापकोटा र पाश्वनलाई सहज भएको थियो ।

त्यस्तै महिलाहरुको तर्फबाट कोपिला चिमोरिया मैनाली, मुना तामाङ्ग, मालती लिम्बु, गोमा निरौला, इन्दिरा बस्नेत (भरत) र मैना थापा सर्वसम्मत चयन भएका छन् ।

महिला तर्फ ६ जनाका लागि ९ जनाको उम्मेद्वारी परेको थियो । उमेद्वारहरु बीच गोलाप्रथा द्वारा प्रतिनिधि छनोटमा सहमति भएपछि ६ जना प्रतिनिधि चयन भएका थिए ।

प्रतिनिधि छनोटमा नेकपा एमालेका केन्द्रिय सदस्य मेनुका काफ्ले, केन्द्रिय सल्लाहकार तारासम योङ्या, जिल्ला सचिवलाय सदस्य, तथा शिवसताक्षी नगर इन्चार्ज धनबहादुर थेवे, राजेन्द्र श्रेष्ठ, कुलबहादुर बस्नेत, बलजीत राई र समध्वज कार्कीको उपस्थितिमा सर्वसम्मत रुपमा प्रतिनिधि छनोट भएको थियो ।

नेकपा (एमाले(को कोशी प्रदेश अधिवेशन अन्तरगत प्रतिनिधि छनौटको प्रक्रिया मंगलबारदेखि सुरु भएको छ । प्रतिनिधि छनौट प्रक्रिया असोज ५ गतेभित्र सम्पन्न हुने एमालेले जनाएको छ ।

कोशी प्रदेशमा एमालेका १ लाख बढी कार्यकर्ता रहेका छन् । उनीहरूबाट करिब ११ सय प्रतिनिधि छनौट हुनेछन। प्रतिनिधिहरूले प्रदेशको कार्यसमिति चयन गर्नेछन् । एमालेको कोशी प्रदेश अधिवेशन आगामी असोज १२ र १३ गतेका लागि तोकिएको छ । निर्वाचित अध्यक्षलाई एमालेले पोलिटब्युरो सदस्य सरहको हैसियत दिने व्यवस्था छ । यसकारण पनि प्रदेश अध्यक्ष बन्न नेताहरू तीव्र कसरत गरिरहेका छन् ।

शुक्रवार, असोज ५, २०८० | राजनीति

सम्बन्धित खबर