झापा। झापाको कन्काई नगरपालिका–३ मा शुक्रबार सरकारी गाडीको ठक्करबाट दुईजना घाइते भएका छन् ।
दुर्घटनामा कन्काई नगरपालिका–३ की ६२ वर्षीया भूमिका तिमिल्सिना र भद्रपुर नगरपालिका–५ बस्ने ४५ वर्षीय बिनोद मण्डल घाइते भएका हुन् ।
घाइते भएका दुवै जनाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घाइतेमध्ये तिमिल्सिनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
बा २ झ २५ ७१ नम्बरको सरकारी गाडीले बिहान साढे १० बजे पैदल हिँडिरहेका उनीहरूलाई ठक्कर दिएको थियो । सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुरुंगाले जनाएको छ ।