
झापा। भाटभटेनी सुपरमार्केटले आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । झापाको बिर्तामोडमा बिहीबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले धार्मिक विधिअनुसार शुभारम्भ गरेका हुन् ।
यसअघि भाटभटेनीले जनकपुरमा स्टोर सञ्चालनमा ल्याएको थियो।
ग्राहकको चाहना र मागअनुसार आफूहरू सधैँ अघि बढेको उल्लेख गर्दै उनले इमानदार भएर सेवामा लाग्ने बताए ।
विषम परिस्थितिमा पनि रोजगारी सिर्जना गर्न सफल भएको भन्दै उनले यो स्टोर सञ्चालन ऐतिहासिक भएको बताए ।
बेरोजगारीको विकराल अवस्थामा पनि मेचीदेखि महाकालीसम्म रोजगारी सिर्जना गर्न सफल भएको गुरुङले बताए ।