२०८१ माघ ७, सोमवार , १०:०२:५५ बजे

Sajhamanch
'

आर्थिक अभावमा अभिषेकको उपचारमा समस्या, सहयोगको याचना

शनिवार, भदौ ३०, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ का अभिषेक रिमालले अस्पतालको बेडबाट आफुलाई बचाइदिन आग्रह गरेका छन् ।

३ वर्ष अघि झापाको दूधे शिवगञ्ज सडक खण्डको व्याङ्गडाँडामा सडक दुर्घटनामा परी घाइते भएका रिमालले औषधि उपचारमा सहयोग गरिदिई आफ्नो ज्यान बचाईदिन आग्रह गरेका हुन् ।३० वर्षीय अभिशेषक बैदेशिक रोजगारीका क्रममा ४ वर्ष कतारबसी २०७६ सालमा घर फर्किएका थिए ।

२०७७ जेष्ठ २२ गते मोटर साइकल दुर्घटना घाइते भएका अभिषेकको हालसम्ममा ७ पटक टाउको अपरेशन गरिएको बुबा त्रिलोचन रिमालले बताए । छोरो घाइते भएर ३ वर्षदेखि बेडमा छ, उनले भने छोराको उपचारमा ४० लाख बढी खर्च भइसकेको र अझ कति खर्च लाग्ने हो थाहा छैन । सुरुमा ३ महिना अस्पताल राख्नु परेको त्रिलोचन रिमालले बताए । छोराको एक पाटो चल्लदैन, कहिले बोल्छ, कहिले बोल्दैन ।

भएको सम्पत्ती छोराको उपचारमा सकिएको छ । अहिले हप्तामा दुई पटक सम्म अस्पताल पु¥याउनु परेको बुबा त्रिलोचनले बताए ।

अभिशेकका दाजु सन्तोष रिमालका अनुसार अहिले आएर भाइको टाउकोमा पानी जम्न सुरु गरेको छ। डाक्टरले टाउकोबाट पाइप लगाएर पानी बाहिर निकाल्ने काम गरेका छन् ।

अभिषेकलाई विर्तामोड स्थित विर्तासिटी अस्पतालमा उपचार गराइरहेको बुबा त्रिलोचन रिमालले बताए । अभिशेकलाई डा.सिपी लिम्बु र डिगज श्रेष्ठकोे निगरानीमा उपचार भइरहेको विर्तासिटी अस्पताल प्रशासनले जनाएको छ ।

बुबा त्रिलोचनले रुदै भने, सास रहहुन्जेल आस हुन्छ भन्छन् । बुढेसकालमा आफुलाई पाल्छ की भनेको उसको उपचारमा गर्नु परेको छ । छोराको उपचारमा उसले कतारबाट कमाएको रकम र घर भएको सबै रकम सिकएपछि थप उपचारका लागि साथी भाईहरुमा सहयोगको याचना गर्न बाध्य भएको बुबा त्रिलोचनले बताए । उनले एनएमबी बैंकको त्रिलोचन रिमालको खाता नं. 0570127765500012 मा स्वइच्छाले सहयोग गरिदिन समेत आग्रह गरेका छन् ।

शनिवार, भदौ ३०, २०८० | विविधा, समाज

सम्बन्धित खबर