शिवसताक्षी । अखिल नेपाल महिला संघ शिवसताक्षी नगर कमिटीले श्रमजिवी महिलाहरुलाई सम्मान गरेको छ ।
शनिबार शिवसताक्षीको शिवगञ्जमा तीज विशेष कार्यक्रमको अवसरमा शिवसताक्षीका ५ जना श्रमजिवी महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।
सम्मानित हुने महिलाहरुमा चेप्टी राजवंशी, उपासरी ताजपुरिया, रेगसरी ताजपुरिया, सगनती राजवंशी चन्द्रा महतो लगायत रहेका छन् ।
उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि अमसंघका केन्द्रिय उपाध्यक्ष तथा नेकपा एमालेका केन्द्रिय सदस्य मेनुका काफ्ले, प्रदेश सांसद राधाकृष्ण खनाल, नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की लगायतले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
कार्यक्रममा महिला दिदीबहिनीहरुले पुराना संस्कृति झल्काउने जनवादी तीजका गीत समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि मेनुका काफ्ले, प्रदेश सांसद राधाकृष्ण खनाल, नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, पूर्व नगरप्रमुख चन्द्रकुमार सेर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन कोपिला चिमोरिया मैनालीले गरेकी थिइन् ।