२०८१ पौष ८, सोमवार , ११:२४:३५ बजे

Sajhamanch
'

अटो रिक्सा दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

बिहिवार, भदौ २८, २०८०

काठमाडौं । डडेलधुरामा अटो रिक्सा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आलिताल गाउँपालिका–१ मेलखर्कमा उक्त दुर्घटना हुँदा अर्का एकजना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तरगत मेलखर्कमा गएराति भएको दुर्घटनामा डोटी पदम बलायर र केशव महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । घाइते वीरबहादुर कुँवरको डडेलधुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ