शिवसताक्षी । झापा शिवसताक्षी ११ स्थित बच्चाबगरमा एक जना बृद्धले आत्म हत्या गरेका छन् । घर भित्र कोठामा वर्ष ८६ का भगिरथ सार्की गल्फनको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
शिवसताक्षीको ट्याक्रा घर भएका सार्की गएको मंगलबारदेखि छोरी दुर्गा वि.कको घरमा बस्दै आएका थिए । विहान बुबा नउठेपछि ढोका खोलेर हेर्दा कोठा भित्र गल्फनको पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय झिलझिलेलेलाई खबर गरेको स्थानीयले बताए ।
सार्कीको शवलाई पोष्टमाटमका लागि आम्दा अस्पताल दमक लगिएको प्रहरीले जनाएको छ ।