२०८१ माघ १४, सोमवार , ०४:४८:४१ बजे

Sajhamanch
'

स्वर्ण लक्ष्मी साकोसले २ करोड ४२ लाख बढी नाफा कमायो

बिहिवार, भदौ २१, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी ८ स्थित झिलझिलेमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । झापाको दमकमा केन्द्रिय कार्यालय रहेको उक्त साकोसले आज झिलझिलेमा इकाई नं. १ को साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभामा स्वर्ण लक्ष्मी साकोसले १ अर्व १९ करोड बढीको कारोबार रहेको संस्थाका अधिकृत सुनिल गड्तौलाले जानकारी दिए । उनले संस्थाले बचत निक्षेप तर्फ ६३ करोड बढी संकलन गरेको र ११ करोड ३२ लाख ८४ हजार शेयर संकलन भएको बताए । १३ करोड ६३ लाख ९८ हजार ७ सयको हाराहारीमा कोष निर्माण भई ९८ करोड बढी ऋण लगानी गर्न संस्था सफल भएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आ.व. २०७९÷०८० मा २ करोड ४२ लाख २९ हजार १०८ कुद नाफा रहेको स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।

संस्थाले आ.व. २०७९÷०८० मा उत्कृष्ट बचत बाल बचत गर्ने एलिजा विष्ट, लक्ष्मी शिवाकोटी, दिवस भट्टराई, परिनिधि भट्टराई र सञ्जु शाहलाई सम्मान गर्ने भएको छ । सुप्पर आवाधिक बचत तर्फ ७ जनालाई सम्मान गर्ने अधिकृत गड्तौलाले जानकारी दिए । त्यस्तै संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरु झिलझिले शाखाका सुनिता कार्की (खड्का), तुलसा खरेल, सरोजकुमार खपाङ्गी, धनमाया न्यौपाने गरी सहकारीका सबै शाखाबाट ३५ जनालाई सम्मान गरिने प्रतिवेदन उल्लेख छ ।

संस्थामा उत्कृष्ट काम गर्ने कर्मचारीहरुमा स्कोर अफ द इयर कमल गतौला, फष्ट रनर अप सानी भट्टराई, सेकेन्ड रनर अफ झलक गौतम रहेका छन् । त्यसैगरी उत्कृष्ट कर्मचारीहरुमा कृतिका दाहाल, गणेश भट्टराई, हिरो अफ द स्वर्ण लक्ष्मीमा सुशील गतौला रहेको संस्थाले जनाएको छ । सहकारी सञ्चार कर्मी पुरस्कारबाट पत्रकार मनकुमार गदाललाई सम्मान गरिने समेत बताइएको छ । कक्षा १२ उत्तीर्ण छात्र ÷ छात्रा सम्मान अन्तर्गत नगद रु ५ ÷ ५ हजार सहित श्रृषा लामिछाने, अनिष खनाल, सविन बस्नेतलाई पुरस्कृत गरिने संस्थाले जनाएको छ ।

कार्यक्रममा संस्थाका शेयर सदस्यहरु प्रतिवेदन अध्ययन गरी भाद्र २५ गते भित्रमा सम्वन्धि शाखामा सुझाब तथा टिप्पणीहरु उपलब्ध गराउन आग्रह गरिएको छ ।

संस्थाका केन्द्रिय कार्यालयमा भाद्र २६ गते हुने साधारण सभामा शेयर धनी महानुभावहरुको सुझाब र टिप्पणी माथि छलफल गरिने र सस्थाका कर्मचारीहरु पनि सोही दिन पुरस्कृत गरिने बताइएको छ । अन्य सम्मानि हुने महानुभावहरुलाई आगामी चैत्र ११ गते हुने संस्थाको वार्षिकोत्सवको अवसर पारेर सम्मान तथा पुरस्कृत गरिने स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ।
संस्थाका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षमा भएको कार्यक्रममा शिवसताक्षी उद्योग वाणिज्य संघका उपध्याक्ष कृष्ण खरेल, चौतारी बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि दिलिप कुलुङ, वडा सदस्य ज्ञान प्रसाद लुइटेल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने संस्थाका प्रमुख व्यवस्थापक कमल कुमार घिमिरेले कार्यक्रमको सञ्चालन गरेका थिए ।

बिहिवार, भदौ २१, २०८० | समाज, सहकारी