२०८१ पौष ५, शुक्रवार , ०९:४४:४६ बजे

Sajhamanch
'

शिवसताक्षीमा दधिकाद पर्व धुमधामका साथ मनाइयो

बिहिवार, भदौ २१, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा दधिकाद पर्व मनाइएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ७ स्थित शुक्र माध्यमिक विद्यालय परिसरमा आदिबासी समुदायले धुमधामका साथ दधिकाद पर्व मनाएका हुन् ।

आदिबासी समुदायले आफ्नो संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नका लागि दधिकाद पर्व वर्षेनी मनाउँदै आएको वडा सदस्य सुरेश राजवंशीले जानकारी दिए ।

दधिकाद पर्वमा नरिवल खेल, मियुजिकल चियर, हण्डि फोड्ने खेल र राजवंशी तथा ताजपुरिया समुदायका भेष भुषामा नृत्य प्रस्तुत गरिएको सदस्य राजवंशीले बताए ।

दधिकाद पर्व नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिबासी समुदाय राजवंशी, गन्गाई, ताजपुरिया जातिले मनाउदै आएको धार्मिक एवम साँस्कृतिक पर्व हो । झापा, मोरङ र सुनसरी जिल्लाका आदिबासी समुदायले कृष्ण जन्माष्टमीको भोलीपल्ट दधिकाद पर्व मनाउँछन । दधिकाद खेल खेलाउँदा आफ्नो मनले चाहेको पुग्ने जनविश्वास छ । भगवान कृष्णले दही चोरेर खाने र दहीको हिलोमा खेल्ने बानी भएको हुँदा अहिले माटोको हिलोलाई नै दही मानी खेल्ने गरिन्छ ।नरिवल खेलमा विभिन्न समुदायका खेलाडीहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रममा वडाध्यक्ष भवानी विक्रम चेम्जोङ्ग लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरको उपस्थिति रहेको थियो ।

बिहिवार, भदौ २१, २०८० | विविधा, समाज

सम्बन्धित खबर