२०८२ जेठ ४, शनिवार , १२:०१:२४ बजे

Sajhamanch
'

दमकका डाक्टर सप्तकोसी किनारमा मोबाइल र जुत्ता राखेर बेपत्ता

सोमवार, भदौ ११, २०८०

विराटनगर । झापा दमकका डाक्टर उज्ज्वल कोइराला उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर बेपत्ता भएका छन् । उनले लगाएको जुत्ता र उनले चलाउने मोबाइल सप्तकोसी नदी किनारमा भेटिएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।

‘मान्छे कता जानुभयो या के भयो भन्ने कुरामा सुनसरी र उदयपुर प्रहरीले खोजी गरिरहेको छ । दमकमा रहेका उनको घरपरिवार र आफन्तलाई पनि जानकारी भएको छ,’ उनले भने ।

सम्बन्धित खबर