शिवसताक्षी । बजार सफा र सुन्दर बनाउने उद्देश्यले शिवसताक्षीको दूधे बजारमा डस्बिन राखिएको छ । आइतबार एक कार्यक्रमका बीच दाताहरुको सहयोगमा दुधे बजार विकास समितिले बजारका विभिन्न स्थानहरुमा डस्बिन राखेको हो ।
दाताहरुको सहयोगबाट १ लाख ५० हजार बराबरको ४५ थान डस्बिन राखिएको दूधे बजार विकास समितिले जनाएको छ ।
हाम्रो अभियान स्वच्छ सुन्दर बजारको पहिचान भन्ने नारा सहितको ब्यानर लिएर निस्किएको बजार समितिले सबै दाताहरुलाई धन्यवाद दिएको छ।
दुधे बजारलाई सुन्दर र स्वच्छ बनाउन दुधे बजार बिकास समितीले विभिन्न अभियान र सचेतना कार्यक्रम गर्दै आएको अध्यक्ष सन्तोष कुमार थोप्राले बताए । उनले बजारमा अनावश्यक चिज जस्तै,प्लास्टिकजन्य फोहोर, गुड्का,मधु , मिठाइ लगायतका चिज प्रयोग गरेपछी जथाभावी फालेकाले बजारको सुन्दरतामा दाग लाग्ने हुँदा समितिले बजारमा फोहोर व्यवस्थापनका लागि डस्बिन खरिद गर्न दाताहरुको खोजी गरिएको जानकारी दिए ।
दुधेका बित्तीय संघसंस्था, व्यवसायी, बजारबासी र देश तथा बिदेशमा रहेका समाजको परिवर्तन चाहनेहरुले दिल खोलेर सहयोग गरेको बजार समितीका सदस्य शक्तिमान थाम्सुहाङ जनाएका छन् ।
स्थानीय समाजसेवी तथा दूधे बजार विकास समितिका सल्लाहकार सिंहविर थाम्साुहाङ्गको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजसेवी वीर बहादुर तुम्बापो,एक्सेल बैंक लिमिटेड दुधे शाखाका प्रतिनिधि, व्यवसायी अग्नि दुलाल, दुधे बजार बिकास समितीका प्रतिनिधि, स्वयंसेवक, दोस्रो जीवन सुधार गृहका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।